पाँच जनाको ज्यान गएको जनकपुर बमकाण्डको चार वर्ष पुरा
Advertise Here Book Now

जनकपुर बम काण्ड भएको आज चार वर्ष पुरा भएको छ । आजभन्दा चार वर्ष अघि २०६९ बैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा बम काण्ड भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे अपरिचित व्यक्तिले छाडेको बम विष्फोट भई पाँच जनाको ज्यान गएको थियो । भने दर्जनौ घाईते भएका थिए । बम विस्फोटमा मिनापका कलाकार रंजु झा, झगरु मण्डल, बिमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो । 
बम विष्फोट घटनाक मुख्य योजनाकारको अभियोगमा धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित सांसद संजय साह पूर्व पक्षका लागि थुनामा रहेका छन् । त्यस्तै घटनामा संलग्न आरोपमा मुकेश चौधरी , राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु थुनामा छन् । 
यता बम विष्फोट घटना मृत्यु भएकाहरुको स्मरणमा मिथिलाक अनुपम डेग संस्थाले आज साँझ जनकपुरको रामानन्द चौक एवं घटनास्थलमै श्रद्धाञ्जलीसभाको आयोजन गरेको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्