मधेसी नेताहरुको प्रधानमन्त्रीप्रति धेरै गुनासो, निर्णायक आन्दोलन गर्ने चेतावनी
Advertise Here Book Now

बैशाख ६ । प्रमुख मधेसी दलका शिर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली, ब्यवहार प्रति असन्तुष्टी ब्यक्त गर्दै उनको नियतप्रति आशंका ब्यक्त गरेका छन । राजधानीमा आज आयोजित संयूक्त राष्ट्रिय जनआन्दोलनको अपरिहार्यताको विषयमा आयोजित अन्र्तक्रियामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसँग यो विचमा दुई पटक बार्ता भएपनि बार्ताप्रति प्रधानमन्त्री ईमान्दार नदेखिएको भन्दै उनी समस्या समाधान गर्ने पक्षमा नरहेको आरोप लगाए । उनले बार्तामा नआउने, आउँदा पनि धेरै कुराएर ढिलो आउने र विषय बस्तुमा गंभिर ढंगले प्रवेश नै गर्न नचाहने ब्यवहारले उनी समस्या समाधानको पक्षमा नरहेको स्पष्ट भएको भन्दै अब निर्णायक संयूक्त जनआन्दोलन गर्ने चेतावनी दिए । उनले अबको फैसला आन्दोलनबाटै हुने चेतावनी दिदै अधिकार नपाएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । ठाकुरले पहाडमा भुकम्पको पिडा र तराईमा अधिकारविहीनताको पीडा रहेको भन्दै तराई आन्दोलनमा प्रहरीले महिलाको अपमान गरेको गुनासो गरे । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलन विभेद, नश्लबाद विरुद्ध अधिकारकोलागि भएको भन्दै अबको आन्दोलन निर्णायक हुने ठोकुवा गरे । अधिकार प्राप्त नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै उनले अहिलेको राज्यले नश्लबादको राजनीति गरिरहेको बताए । कार्यक्रममा उपस्थीत भएपनि सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमसपाका अध्यक्ष महेन्द्र यादवले बोलेनन । ओम गुरुङ सुन्दरमणी दिक्षित, खगेन्द्र संग्रौला र दमननाथ ढुंगाना लगायतले आन्दोलनमा समर्थन जनाउँदै विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्