न्यूरोडमा मध्यराति अचम्मको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम वैशाख १५ । डा.रुपज्योति, बिर्जुरत्न तुलाधरका ज्वाइँ काठमाडौं, १५ वैशाख । धन हुनु पनि अभिशाप नै रहेछ ! यदि त्यस्तो नहुँदो हो त, खिचापोखरीको एउटा जोडीले न बाँचेर सुख पाउँथ्यो, न मरेर नै !राजधानीको मुटु न्यूरोडका धनाढ्य बिर्जुरत्न तुलाधर र मलेखुतिर ‘मिठाई’ नामले चिनिने चन्द्रा त्रिपाठीको जीवनमा आएको असहजता हेर्दा भन्न सकिन्छ, सम्पत्तिले मान्टेलाई तनको ‘धनी’ त बनाउँछ, तर मनैदेखि सुखी भने बनाउँदैन रहेछ ! बिर्जु करीब तीन अर्ब सम्पत्तिका मालिक ! सटर र कबलबाट मात्र मासिक ३१ लाख भाडा उठाउने ! दुई वर्षदेखि स्मरणशक्ति क्षय हुने अल्जाइमर रोगले ग्रस्त छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।आइतबार बिहान बिर्जुलाई अस्पताल भर्ना गरियो, त्यसअघि पत्नी चन्द्रा शौचालयभित्रै ‘लाश’ बनेर लडिन् । पतिलाई अस्पताल लगेपछि बल्ल ७४ वर्षीया पत्नीको शव निकालियो । नत्र उनी पनि सक्ड हुनसक्थे । चन्द्रा बिर्जुकी कान्छीपत्नी हुन् । एक महिनाअघिमात्र पतिबाट सम्पत्ति नामसारी पाएकी थिइन् । आइतबार बिहान अकस्मात उनको निधन भयो । निधनपछि पार्थिव शरीर पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुगाइयो । प्रहरीमा टिपाइको रिपोर्टअनुसार, शौचालयमा बिहान ७ बजे लडेको अवस्थामा भेटिएको हो । काम गर्नेले देखेपछि नातापातालाई खबर गरे । त्यसपछि सलबलाउने पालो जेठीतिरका सन्तानको । चन्द्रा निःशन्तान थिइन । जेठीतिरकी छोरीसँग उद्योगपति तथा शाहीकालीन अर्थ राज्यमन्त्री डा रुपज्योतिले विवाह गरेका छन् ।जेठो छोराले बाबुआमालाई जुत्तै जुत्ताले कुटेपछि घरसँगको सम्बन्ध सकिएको थियो । बाबुआमाले उतिबेलै भनेका हुन्, ‘हाम्रो शरीरमा यसलाई छुन नदिइयोस । दागबत्ती दिन नदिइयोस ।’ कान्छो छोरो अपाङ छन् ।दिदी–भिनाजु (डा.रुपज्योति)सँगै बस्छन् । आमाको पार्थिव शरीरमा कान्छाले दागबत्ती दिँदा सम्पत्ति रुपज्योतितिर जाने भयो । त्यसैले जेठाले शोभाभगवतीमा सौतेनी आमालाई दाबगत्ति दिने कर्तव्य सम्झिएर । तर, छोराहरूले मानेनन् । अस्ति सोमबार जनसेवा प्रहरी बृत्त पुगेका दिदीहरूले भाइ र आमा–बाबुबीचको संवाद सुनाए । प्रहरीमा टिपाइएअनुसार चन्द्राको घुँडा र कुहिनामा चोट देखिन्छ । तर, शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टले अर्कै कथा भन्छ । प्रहरीमा भनिएजस्तो मुट र दिमागको असरले उनको धिन भएको हैन । बरु रिपोर्टले भन्छ– ‘मृत्यु अस्वभाविक प्रकारको छ । छातीको तीनवटा करङ चाँच्चिएको छ । टाउकोमा टुटुल्को र चोट छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्