तराईमा दुई प्रदेशको माग गर्दै मधेसी मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Advertise Here Book Now

वैशाख १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले तराईमा दुई प्रदेश बनाइनुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। गठबन्धनले पूर्वघोषित कार्यक्रम अनुसार बुधबार देशभरका सबै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई तराईमा दुई प्रदेशको मागसहितको ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा पहिचान र सामथ्र्यका आधारमा लिम्बुवान, ताम्सालिङ, किराँत, मगरात, लिम्बुवान, शेर्पा, नेवा लगायतका प्रदेश बनाउन पनि माग गरिएको छ। तत्कालीन राज्य पुर्नंसंरचनाको आयागको प्रतिवेदनलाई आधार मानेर प्रदेश बनाइनुपर्ने माग सम्बोधन नगरे जेठ महिनापछि आन्दोलन चर्काउने गठबन्धनको चेतावनी छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्