राज्यकोषबाट दलका कार्यकर्तालाई २० लाख वितरण
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम बैशाख ३। सरकारले मापदण्ड विपरित राजनीतिक दलका कार्यकर्तालाई राज्यकोषबाट २० लाख रकम बाँडेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतको विशेष सिफारिसमा विभिन्न राजनीतिक दलसँग सम्बन्धित १० जना ब्यक्तिलाई गैरकानुनीरुपमा २० लाख रकम बाँडिएको स्रोतले बताएको छ । केही दिनअघि बसेको मन्त्रीपरिषदको बैठकले कारण नै नखुलाई १० जना ब्यक्तिलाई २० लाख रकम बाँडेको छ । रकम के प्रयोजन र किन वितरण गरियो त्यसको एकिन हुन सकेको छैन । रकम मन्त्रीहरुले आफु निकटका ब्यक्तिलाई दिएका छन् । मन्त्री परिषदबाट रुपन्देहीका छविलाल नेपालले ५ लाख, झापाका भक्ति सिटौलाले ५ लाख, डोल्पाका सिद्धमान विकले २ लाख, जाजरकोटका सुरेन्द्र वहादुर चन्द र मेनका खत्रीले समान २÷२ लाख , रकम पाएका छन् । त्यसैगरी हुम्लाका डवल वहादुर वुढाले २ लाख, दैलेखका कमल वहादुर शाहीले १ लाख , सल्यानका प्रेम वहादुर विकले १ लाख , अछामका प्रेम वहादुर मगरले ५० हजार र कृष्ण भुजेलले १ लाख रकम पाउने भएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्