मधेसको समस्या समाधान गर्न नसके विकराल रुप लिन सक्छ : डा. भट्टराई
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकक बैशाख १४ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसको आन्दोलन तत्काल शिथिल भएपनि यो रोग भएकोले पुनः बल्झिने बताएका छन् । मंगलबार काठमाडौंमा मधेसका प्राज्ञिक समुदायसँगको छलफलको क्रममा उनले यस्तो बताएका हुन् । मधेसवादी नेताहरुको कमजोरी र सत्तास्वार्थका कारण आन्दोलन शिथिल बनेको बताउँदै उनले भने यसको समयमै उपचार गर्नुपर्छ, नत्र रोग फैलनसक्छ र विकराल रुप लिन सक्छ । ‘काठमाडौंलाई बुझ्नेबारे हुलाकी राजमार्गले जोडेको मधेस र महेन्द्र राजमार्गले जोडेको मधेसको फरक धारणा छ उनले भने खास मधेस भनेको तल्लो मधेस हो जहाँ उत्पीडनको तह अत्यधिक छ । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले पहिला महेन्द्रले जस्तै ओली गठबन्धनले पनि जनताको भावना भड्काएर सत्ता टिकाउने खेल खेलिरहेको आरोप लगाए । ‘सत्तासीनहरुले एकप्रकारको राष्ट्रघात गरिरहेका छन् उनले भने तर विज्ञानको नियमअनुसार उत्पीडनमा परेका जनताको भावना भड्कियो भने विष्फोट हुनसक्छ । उनले सरकारसँग यो समस्या हल गर्ने कुनै योजना नरहेको पनि बताए । सुगौली सन्धीले सीमा कोर्दा पनि नेपालीहरु नेपालतिर आएर बसेको भन्दै सदियौंदेखि सीमा रक्षक भएर बसेका मधेसीमाथि शासकहरुले शंकाको दृष्टिले हेर्नु दुःखद अवस्था भएको उनले बताए । ‘त्यहाँ केही महिलाहरुले अनुभूति नै राख्नुभयो, सीमामा कसरी नेपाली बनेर संघर्ष गरिरहेका छौं भनेर उनले अनुभूति बाँढ्दै भने उनीहरुमाथि राज्यले शंका गरेको छ विभेद गरेको छ तर पनि उनीहरु नेपाली हुनुमा गर्व गरिरहेका छन् । कॉपी madheshlive

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्