‘द ग्रेट जनकपुर, द बेस्ट जनकपुर’को अभियानमा लाग्न सिँचाइमन्त्रीको आग्रह
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम बैशाख १४ । सिँचाइमन्त्री उमेशकुमार यादवले ‘द ग्रेट जनकपुर बेस्ट जनकपुर’को अभियानमा लाग्न जनकपुरवासीलाई आग्रह गरेका छन् । विशाल जनकपुरलाई बेस्ट जनकपुर बनाउन यहाँका स्थानीय नै लाग्नु पर्ने बताउँदै उनले जनकपुरको नदी नियन्त्रण तथा स्वच्छ हराभरा बनाउन सिँचाइ मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । जोखिमयुक्त सदरमुकाम बचाउ कार्यक्रम अन्तरर्गत जनकपुरको पुल्चोकस्थित पुरानो जलाद नदीमा तटबन्ध निर्माण कार्यलाई शिलान्याश गर्दै मन्त्री यादवले जनकपुरका थुप्रै नदी अतिक्रमण भएको छ त्यो अतिक्रमण हटाउन नगरपालिकाले पहल नगरेको गुनासो गरे । जबसम्म अतिक्रमण हटाउन सकिँदैन तबसम्म द बेस्ट जनकपुर, ग्रेट जनकपुर बन्न सक्दैन भन्दै नगरपालिकाले अतिक्रमण हटाउन पहल गर्नुपर्ने बताए । विकास निर्माण कार्यमा सबै एकजुट हुनुपर्ने कुरामा जोड दिँदै मन्त्री यादवले सदरमुकाम बचाउ कार्यक्रम जनकपुरबाट नै आरम्भ भएको बताए । यो कार्यक्रम जनकपुर, राजविराज, सिरहा र गौरमा सन्चालन हुनेछ । नदीको कारण यी सदरमुकाम विशेष जोखिममा रहेको छ । शिलान्यास गरिएको नदी नियन्त्रणका लागि चालु आर्थिक वर्षका लागि एक करोड बजेट छुट्इएको छ । जनकपुर चुरोट कारखानादेखि जलाद नदीसम्मका लागि १ अर्व १० करोड बजेट छुट्याइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्