जनकपुरधाममा भेट्यो एतिहासिक सामाग्रीहरु
Advertise Here Book Now

काशिन्द्र शर्मा, जनकपुरधाम १३ बैशाख । 
जनकपुरधामको ऐतिहासिक ५२ बिघामा प्राचिन समाग्रीहरु फेला 

परेका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं.१९ बैङगाशिवपुरस्थित काठमाण्डौबाट आएका पुरातत्व विभागको टोलीले गरिरहेका उत्खननको क्रममा विभिन्न प्रकारका प्राचिन समाग्रीहरु फेला परेको हो ।
पुरातत्व विभाग काठमाण्डौका अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरिरहेको टोलीले आइतबारसम्म ३ ठाउँमा उत्खनन गर्दा प्राचिन घरको पर्खाल र ४६ सेन्टिमीटर चौडा तथा १ सय ५० सेन्टिमीटर चौडा ईटा फेला परेको छ ।
यसका साथै प्राचीनकालका माटोका चुलो, माटोका माला, माटोका मालाहरु, माटोका भांडोहरु, माटोका गहनाहरुका साथै ढुङगाको माला, माटोको दियो माटोको कचौरा फेला परेको पुरातत्व विभागका अधिकृत ज्ञवालीले जनाए ।
ज्ञवालीका अनुसार, त्रिशुले आकारको एउटा फलामे वस्तु समेत फेला परेको छ । विभागका ४ जना सम्मलित टोली र स्थानीय समितिको रोहबरमा जारी रहेको उत्खनन् कार्य गत चैत्त ३० गतेदेखि नै सुरु गरेको थियो भने आगामी बैशाख १५ गते सम्म उत्खनन् कार्य जारी रखने ज्ञवालीले थपे ।
उनले भने,‘यहाँको स्थानीय पुरातत्वसँग सम्बन्धित समितिले हामीलाई आग्रह गरेको थियो त्यही अनुरोधलाई स्वीकार गर्दै ऐतिहासिक बावन बिघामा प्राचिन वस्तुहरु फेला पर्ने संकेत र सम्भावना प्रबल रहेका जानकारी पाएका थियौ र त्यही अनुरुप हामीले उत्खनन् कार्य सुरु गरेका हौ ।’
फेला परेका प्राचिन समाग्रीहरु लिएर थप अनुसन्धान गर्ने बताउँदै उनले कति पुरानो र कस्तो प्रकारको वस्तु तथा समाग्रीहरु रहेको रिपोर्टसमेत सार्वजनिक गर्ने जनाए । स्थानीय जनकपुर टुडेमा समाचार प्रकाशित रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्