सिमाक्षेत्रमा एसएसबीको कचकच्चे, उपभोक्तालाई सास्ती
Advertise Here Book Now
दिनेश्वर गुप्ता लहान, २७ असार । ‘अब बल्ल लाग्न थालेछ कि हामी मधेशी पनि नेपालको नागरिक हो ’यो कथन सिरहा निवासी एवं नयां शक्ति पार्टीका केन्द्रिय सदस्य रामरिझन यादवका हुन् ।
यादव अगाडि थपे —हिजोसम्म कुनै छेकवार थिएन् । खुला सिमानाबाट जति जे ल्याए पनि हुने, जति जे लगे पनि हुने । तर अचेल विहेको दुई चार साडी र श्राद्धकर्मको लागि दस पाँच केजी चिनीमा समेत भारतको एस.एस.बीको कचकच्चे हुन थालेको छ ।’
भारतीय सुरक्षाकर्मीको कडाईले एकातीर सुखको अनुभूति हुन्छ भने अर्कोतर्फ आफ्नो मुलुकको मंहगीले ढाड सेकेको अवस्थामा भारतीय पक्षको गाली सुन्न बाध्य छौ सिरहा निवासी यादव फेसबुकमा गुनासो लेख्छन् । यादवले अब त नेपाल जस्तै भारतले पनि गाडी प्रवेशको शुल्क लिन थालेपछि सबैभन्दा बढी मारमा मधेशी परेका छन् । सिमाक्षेत्रमा राखिएको बोर्डमा गाडि प्रवेशवारे जानकारी दिएको छ । भारतीय सुरक्षाकर्मीले कानुन बाहिर समेत नेपाली मधेशी उपभोक्ताबाट मालसमान ल्याउंने क्रममा रकम असुली गरिरहेको छ । त्यति कहां हो र मात्र ? मानव अधिकारकर्मी राजकुमार राउत भन्छन्— भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महोत्तरी जिल्लाको बथनाहा गाविसका दशगजा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सयौँ दलित परिवारका घरबार तोडफोड गरेपछि १ सय ५० घरबार बिचल्लीमा परेका छन् ।
मधेश आन्दोलनताका भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर चार नेपाली घाइते भएका थिए । एसएसबी समूह नेपाली भूमिमा प्रवेसगरी गोली चलाउँदा चार जना घाइते भएका थिए । दैनिक यस्ता घटनाका शिकार बन्दैछन् सिमाक्षेत्रका नेपाली मधेशीहरु । केही दिन अगाडि कैलालीको दक्षिणी सीमावर्ती पवेरा गाविस वडा नं १ की एक महिलालाई भारतीय सीमा सुरक्षा बल एसएसबीका एक जवानले जबर्जस्ती करणी गरेका थिए । यस्ता घटनालाई नियन्त्रण गर्न नेपाल—भारत सिमाक्षेत्रमा अन्तरक्रिया कार्यक्रमको आवश्यकता रहेको सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार महमुद आलम बताउंछन् ।