रेडियो सल्हेशकाअध्यक्ष चन्द्रदेव कामति सम्मानित
Advertise Here Book Now
सिरहा, असार २८ नेपाली सैनिक रेडियो कार्यक्रम नेपालका विभिन्न एफ.एम.स्टेश्नहरुबाट विभिन्न समय र दिनमा निःशुल्क रुपमा रेडियो सल्हेशले प्रशारण गरेबापत रेडियो सल्हेश भलुवाही सिरहालाई एक समारोहका विच कदर पत्र प्रदान गरेको छ । नेपाली सेनाको रेडियो कार्यक्रममा नेपाली सेनाले राष्ट्र र आम राष्ट्रवासीहरुको सुरक्षा तथा हितका लागि गरीरहेको समग्र कार्यहरुका बारेमा सु–सूचित गराउन त्यस रेडियोले खेलेको भूमिकाको उच्च मूल्याँकन गर्दै नागरिक सैनिक सम्बन्ध प्रगाढ बनाउन स्थापित सहकार्यले भविष्यमा समेत निरन्तरता पाउने अपेक्षासहित नेपाली सेनाको तर्फबाट स धन्यवाद सहित रेडियो सल्हेशका अध्यक्ष चन्द्रदेव कामति लाई दोसाला सहित श्रीनाथ गणको गणपति सुनिल सिंह राठोरले कदर पत्र प्रदान गरेका थिए ।
