हतियार सहित युवक पक्राउ
Advertise Here Book Now

एसके कामति सिरहा, साउन ३ गते । सशस्त्र प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । सिरहाको गोलबजारमा बेच्न लगिएको हतियार प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा बरामद गरेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ४ मा रहेको जानकी पेट्रोल पम्प नजिकैबाट राम गणेश बेलदासलाई फक्राउ गरेको हो । पक्राउ परेका गोलबजार नगरपालिका १६ का १८ वर्षिय बेलदासको ब्यागबाट सशस्त्र प्रहरीले सिक्सर पेस्तोल १ थान र सोमा लाग्ने २ राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरीका एसपी सुवर्ण थापा मगरले बताए । बेलदासले प्रयोग गरेको स ५ प २२३ नम्बरको पल्सर मोटरसाईकल, नेपाल टेलिकम र एनसेलको रिमकार्ड, केही नगद, भारतको दिल्लीमा खिचाएको तस्वीरहरु समेत बरामद गरेको एसपी थापाले बताए । पक्राउ परेका बेलदासले हतियार आफ्नो नभएको र अपरिचित युवाहरुले झोलामा राखि दिएको हुन सक्ने आशंका व्यक्त गरे । आफू जनता उच्च माध्यमिक विद्यालय गोलबजारको १० कक्षाको विद्यार्थी भएको र कुनै अपराधिक कार्यमा संलग्न नभएको दाबी गरेका छन् । तर सशस्त्र प्रहरीले उनी बरामद भएको हतियार बेच्न ग्राहकलाई खोज्ने क्रममा पक्राउ परेको एसपी थापाले बताए । सिरहामा साना हतियारको तस्करी भईरहेको गोप्य सुचना पाएको सशस्त्र प्रहरीले पछिल्लो समय चेकजाँचमा कडाई गरेको छ । एसपी थापाले भन्छन्, ‘सिरहामा साना हतियारको ओसारपोसार वढ्ेको सूचना आएको छ । त्यसलाई निस्तेज पार्न प्रहरीको सक्रियता वढाएको छु ।’ यस अघि पनि सशस्त्र प्रहरीले सिमातर्वी भारतको विभिन्न बजारबाट नेपाल भित्र्याएको साना हतियार बरामद गरेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्