मधेसी जनता को योगदान खेर जने संकेत ,मधेसी दल प्रचण्डको कब्जामा
Advertise Here Book Now

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छादरबीच छलफल नयाँ सरकार गठनका विषयमा छलफल भएको छ ।
शुक्रबार विहान प्रचण्ड निवासमा नयाँ सरकार निर्माणका विषयमा दुई अध्यक्षबीच छलफल भएको प्रचण्डका निजि सचिवालयले जनाएको छ । प्रचण्डले गच्छदारलाई अविस्वास प्रस्तावमा सहमति जनाउन आग्रह गरेकोमा गच्छदारले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताए ।
यता गच्छदार निकट श्रोतका अनुसार छलफलमा गच्छदारले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रचण्डलाई आग्रह गरेका थिए । छलफलमा गच्छदारले प्रचण्डलाई मधेशी मोर्चासमेटेर सरकार निर्माण गर्न आग्रह गरे ।
मधेशी मोर्चाका नेताहरुसँग आफुले पनि छलफल सुरु गरेको गच्छदारले बताउँदै प्रचण्डलाई मधेशी मोर्चालाई जसरी पनि सरकारमा ल्याउन आग्रह गरे ।
यता फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य कपलेश्वर यादवले राष्ट्रिय सहमतिको सरकारमा जाने विषयमा पार्टीभित्र तीब्र छलफल भइरहेको हुलाकी न्यूजलाई बताएका छन् ।
यादवले प्रचण्ड नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागि हुने सम्भावना रहेको बताउँदै अन्य मधेशवादी दलहरुसँग पनि पार्टी अध्यक्षले छलफल चलाईरहेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्