गोबरगाढाका ८५ परिवारलाई राहत वितरण
Advertise Here Book Now
शुभ नारायण यादव
-टापुका ती परिवारहरु डुबानमा परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले राहत स्वरुप चिउरा, मुरही र दालमोठ वितरण गरेको हो ।समितिका संयोजक एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर आचार्य, जिल्ला प्रहरी कार्यालयका एसपी भिम प्रसाद ढकाल, नेपाली सेनाका गणपति भुवनेश्वर आचार्य, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका डिएसपी निरकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघका काबाअध्यक्ष श्रवण कुमार देव लगायतकाहरुको उपस्थितिमा त्यहाँका बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको जानकारी प्राप्त भएको छ ।

कोसी नदीको बीच भागमा टापुको रुपमा अवस्थित तत्कालिन गोबरगाढा गाविसका स्थानियहरु हरेक वर्ष वर्षाको समयमा कोसीको बाढीबाट पीडित बन्दै आएका छन् । यसअघि जिल्लाको तिलाठी र सकरपुरा गाविसका करिब १ हजार २ सय बाढी प्रभावित परिवारलाई राहत स्वरुप विभिन्न खानेकुराहरु वितरण गरिएको थियो ।