सिरहामा विभिन्न प्रलोभनमा कम्पनीले गरे लाखौंको ठगी
Advertise Here Book Now

सिरहा साउन ,१२ गते। समुदायको जीवनस्तरलाई उकास्ने गरी सञ्चालनमा रहेका सहकारीहरुले नागरीकलाई ठग्ने धन्दामा सक्रिय रहेको छ ।
 लहानमा रहेको लहान सामुदायिक इन्भेस्टमेन्ट कम्पनीले दलित समुदायको आर्थिक अवस्थालाई उकास्ने गरी विभिन्न सञ्जालहरु गठन गरेका छन् । त्यही कम्पनीले सिरहा नगरपालिका १० भलुवाहीमा सञ्जाल गठन गरे । त्यसमध्येका एक सञ्जालका अध्यक्ष हुन् पारवती देवी सदा । उनीसँगै उक्त सञ्जालमा मंजु देवी सदा (कोषाध्यक्ष), अनुरागी देवी कामती (सदस्य) सक्रिय छन् । उनीहरुलाई सञ्जालमा रहेर काम गरे वापत तलबभक्ता दिने कम्पनीले आश्वासन दिए । छोराछोरीलाई निःशुल्क पढाउने, लुगाफाटो दिने, शौचालय निर्माण गरिदिने, घर नभएकाहरुलाई घर बनाइदिने भन्दै १ हजार २५ रुपैया तिरेर कम्पनीले उनीहरुलाई समूहको सदस्य बनाए । यस्तै सदस्य भएकाहरुलाई खानेपानी गर्जो टार्न चापाकल दिने र जडान खर्च ८ हजार सदस्यहरुले दिनुपर्ने भन्दै रकम असुली गरे । सदस्यहरुलाई कुनै कागजी प्रमाण नदिई बचत गर्न अहएको कोषाध्यक्ष मंजुदेवी सदाले बताईन् । उक्त कम्पनीले हातेकलको लागि भलुवाही र नरैहियाका ९० जनासँग प्रति व्यक्ति ८ हजारको दरले रकम असुली गरेको हो । उनीहरुमध्ये केहीलाई विश्वासमा लिन चापाकल दिईएको र त्यसै आधारमा अरुसँग रकम असुली गरेको समूह सदस्य अनुराग देवी कामतले बताईन् । शिक्षामा पहुँच न्यून भएकाहरु समूहका अध्यक्ष भएपछि उनीहरुलाई उठाएका पैसा फिर्ता गर्न समस्या भएको छ । समूह मार्फत उठाईएको पैसा सवै लहान सामुदायिक इन्भेस्टमेन्टले लगिसकेको छ । उक्त कम्पनीले नत पैसा फिर्ता गरेको छ, नत हातेकल नै वितरण गरेको छ । कम्पनीले आफूहरुलाई ठगेको समूह सदस्यहरुको भनाई छ । आफूहरु अन्यायमा परेको र चापाकल जडान गर्न लिएको पैसा सदस्यहरुलाई फिर्ता नगर्दा थप समस्या आएको अध्यक्ष पारवती देवी सदाले बताईन् ।
यता उक्त कम्पनीका प्रतिनिधी बिनोद चौधरीले खानेपानी जडान गर्न भन्दै प्रति सदस्य ८ हजारको दरले रकम बुझेको स्वीकार गरेका छन् ।
रकम बुझेको भन्दै चौधरीले समूहका सदस्यहरुलाई रकम फिर्ता दिईरहेको प्रतिक्रिया दिए । जिल्लामा यस्ता सहकारी संस्था र कम्पनीहरुको शिकार ग्रामीण समुदाय पर्ने भएकोले यसको छानबीन हुन सकेको छैन् । सहकारी कार्यालयहरुले यसप्रति ध्यान नदिदा सर्वसाधारण जनता ठकिने क्रम जारी रहेको जानकारहरुको भनाई छ । यसैवीच प्रहरीले आफूहरुमा त्यस्तौ कुनै उजुरी नआएको बताएका छन् । सिरहा प्रहरीका एसपी श्याम लाल ज्ञावलीले ठगी सम्बन्धी उजुरी आए कारबाही प्रकृया अगाडी बढाउने जानकारी दिए

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्