प्रेस सेन्टर सिरहाको अध्यक्षमा विश्वकर्मा चयन
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा,२९ साउन । प्रेस सेन्टर नेपाल सिरहाको जिल्ला एकता भेला तथा अधिबेशन आज सम्पन्न भएको छ । भेलाले पत्रकार आशिष विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रकाश योञ्जन, सन्तोष कुमार साह, मुकेश यादब,सचिबमा रामभरोसी यादब, सहसचिब संजय चौधरी र सदस्यहरुमा राम नारायण पंडित, महेश प्रसाद चौधरी, महेश सिंह लगायतका रहेका छन् । नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य हरिनारायण चौधरीको प्रमुख आतिथ्य तथा राम नारायण सिंहको बिशिष्ट आतिथ्य र पत्रकार मणि विश्वकर्माको आतिथ्यमा भेला सम्पन्न भएको छ । नव गठित कार्य समितिलाई नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति देब कुमार यादबले बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्