मानव अधिकारकर्मी माथि तनाव बढदो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटककम लहान, ३० साउन । सिरहामा मानवअधिकारकर्मी माथि धाक धम्की तथा मानसिक तनाव बढदो छ । पछिल्लो पटक तीन जना मानवअधिकारकर्मी माथि स्थानीय ज्ञात र अज्ञात व्यक्तिबाट धम्की आएको छ । मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि क्रियाशील जिल्लाका मानवअधिकारकर्मीमाथि मानवअधिकार संरक्षण र सम्वद्र्धन गर्ने क्रममा ज्ञात र अज्ञात व्यक्तिहरुबाट धाक धम्की तथा मानसिक तनाव दिइने कार्य भइरहेको भन्दै मानवअधिकार संरक्षण केन्द्र (सञ्जाल) सिरहाले आइतवार एक विज्ञप्ती जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालका संयोजक रामभरोसी महतोद्धारा हस्ताक्षरित जारी गरिएको विज्ञप्तीमा पछिल्लो पटक मानवअधिकारकर्मी सिरहाको अर्नमा प्र.पी. गा.वि.स. वडा नम्वर ३ बस्ने देवकुमारी महरा, लहान नगरपालिका वडा नम्वर १५ ढोढना बस्ने रामकुमारी दास र धनगढीमाई नगरपालिका वडा नम्वर ७ फुलकहाकट्टी बस्ने राम दयाल महतोलाई ज्ञात र अज्ञात व्यक्तिहरुबाट धाक धम्की तथा मानसिक तनाव दिने गरिररहेको उल्लेख गरिएको छ । जारी विज्ञप्तीमा त्यस्तो क्रियाकलापको भत्र्सना गर्दै निजहरुको वैयक्तिक शान्ति र सुरक्षाका लागि सम्बन्धित निकायलाई अपिल समेत गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्