सिरहामा भारतीय गाडीको ठक्करबाट एकको मृत्यु, एक गम्भिर
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०२ भाद्र । सिरहामा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । आज बिहान मैनाबती खोला नजिक विआर ०७ पिए ६७७९ नम्बरको भारतीय स्कारपियोले स ६ प ५२७ नम्बरको मोटरसाइलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडीमा सवार एक जना गम्भिर घाइते भएका छन् । ठक्करबाट गोलबजार ४ बस्ने ५५ बर्षीय चौधरी महतोको मृत्यु भएको छ भने उहाँको नाती कमलेश कुमार महतो गम्भिर घाइते भएका छन् । घाइते कमलेशको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको र अबस्था चिन्ताजनक रहेको बताईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्