विकासको काम लेनदेन तथा बाडफाँडको अधारमा
Advertise Here Book Now



सिरहा । आफुले तिरेको कर कुन काममा कहाँ कसरी खर्च भयो वा भएन भनेर करदातामा खोजी गर्ने वानी र वातावरणको विकास नभए सम्म सिरहाको विकास असम्भव रहेको कुरा नेकपा माओवादी केन्द्रका नेता डा.नविन यादवले बताएको हो ।

पार्टीगत बाँडफाँड तथा व्यक्तिगत कमिशन लेनदेनको आधारमा मात्र विकास कार्य भइरहेको सिरहा नगरपालिका तर्फ ईगिंत गर्दै डा. यादवले त्यस्ता परीपाटीको अन्त्य नभए सम्म सिरहाको विकास असम्भव रहेकोले करदाता जनता स्वयम जागरुक हुनुपर्ने बताउनु भएको छ ।

अपन दैनिकको कुराकानीमा डा.यादवले पार्टी तथा नेताको पछि लाग्ने र उनिहरुकै कुरामा विश्वास गर्ने परिपाटीको विकास भएको कारण जनताको आवश्यकता र विकासको प्राथमिकतालाई ओझेलमा राखी कर्मचारी र नेताको मिलोमतोमा विकास कार्य भइरहेको वहाँले आरोप लगाउनु भएको छ ।

विकास काहाँ कसरी भयो सो को खोजी जनता स्वंयमले गर्नुपर्छ, नेताको भर पर्नुहुदैन वताउदै डा. यादवले राजनीतिको आडमा भइरहेको कमिशनको खेल तथा गुण्डा गर्दी गराउन र गरीब जनताको प्रत्यक्ष फाइदा पुग्ने गरी विकास कार्यका लागि नेता, नैतिकवान इमानदार छ वा छैन् जनताले परिचालन गर्न सक्नुपर्ने बताउनु भएको छ ।



ढलसफाइको नाममा अनियमितता



सिरहा नगरपालिकाले ढल सफाइ तथा फोहर व्यवस्थापनको नाममा लाखौंको अनियमितता गरेको छ ।



ढल सफाइ तथा फोरहर व्यवस्थापनको नाउमा नगरपालिकाले गरेको खर्च विवरण सार्वजानिक नगरेपनि करीब ८ लाख रुपैयाँ ढल सफाइ तथा फोहर व्यवस्थापनको नाउमा खर्च बिल पास भएको समाचार स्रोतको दाबी रहेको छ ।



सिरहाको महाविर चौकदेखी क्याम्पस चौक सम्मको ढलबाट निकालिएको फोहर केहि स्थानबाट व्यवस्थापन गरेतापनि अधिकांस फोहर ढलमै मिसिएका छन् । भने क्याम्पस चौक लागायत स्थानमा ढलबाट निकालिएको फोहर ढल किनारमै रहेको छ । ढलमा ढक्कन नभएकै कारण स्थानीय व्यपारीहरुले ढलमै फोहर फालिरहेको स्थानीय बताउँछन् । ढक्कन नभएकै कारण ढलमा खस्ने डरले पनि फोहर ढलमै फ्याक्ने गरेको कतिपयको भनाइ रहेको छ ।



ढक्कनकै नाउमा पनि लाखौं रकम झिकि खाएको तर अहिले सम्म ढलमा ढक्कन रहेको छैन् ।



ढलको पानी सडकमै



ढल सफाईको नाममा सिरहा नगरपालिकाले लाखौं रकम खर्च गरेपनि सिरहा वडा नम्बर २ लगायत केहि स्थानमा ढलको पानी सडकमै जमेको स्थानीयहरुले बताउँछन् । उक्त सडकमा रहेको ढल सफाइ भएको छैन्, पानी निस्कन नसकेपछि सडकमै जमेको स्थानिय युवाले अपन दैनिकलाई जानकारी गराए । सफाइ तथा फोहर व्यवस्थापन भएको कागजमै देखिन्छ तर, काम भएको छैन् । ढल सफाई नहुनु, फोहर व्यव्यस्थापन हुन नसक्नु तर सफाईको नाममा खर्च देखाएकोले भ्रष्टाचारी भएको स्थानीयहरु बताउँछन् ।




स्वास्थ्यमा असरपर्ने डाक्टरहरुको चेताबनी



सिरहा नगरपालिकाले सदरमुकाममा रहेको ढल सफाई तथा फोहर व्यवस्थापन नगरिदा कतिपय स्थानमा दुर्गन्ध फैलिने तथा रोग फैलने खतरा रहेको चिकित्सकहरुले बताएका छन् । फोहरजन्य वस्तुको व्यवस्थापनमा ढिलाईले रोग फैलिने खतरा रहेको चिकित्सकहरुको बताएपनि नगरपालिकाको यस तर्फ ध्यान नजानु गैरजिम्मेवारीपन रहेको स्थानियहरुको भनाइ रहेको छ ।आजको अपन दैनिकमा खबर।  छ 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्