साहको हत्या गरेर फरार रहेका भारतीय नागरिक पक्राउ
Advertise Here Book Now

राजविराज भदौ,५ गते  सप्तरी प्रहरीले हत्या गरेर फरार रहेका एक भारतीय पक्राउ गरेको छ । 
मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनीका २६ वर्षीय जिवछकुमार साह रहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

जिवछलाई गोप्य सूचनाको आधारमा जिप्रका सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको बभन्नगामाकटी गाविसको सडेपारस्थित ससुरा कृष्ण साहको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई अवश्यक अनुसन्धानका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर पठाइएको प्रहरी उपरीक्षक ढकालले बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्