जिल्ला अस्पताल परिसरबाट मोटरसाईकल चोरी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन २५ । जिल्ला अस्पताल सिरहामा कार्यरत मेडिकल अधिकृत डा दिलिप सदाको मोटरसाईकल चोरी भएको छ । अस्पताल परिसरमै पार्किग गरी राखिएको सदाको स ५ प ८०८७ नम्बरको कालो रंगको पल्सर मोटरसाईकल चोरी भएको हो । मोटरसाईकल पार्किग गरी जिल्ला अस्पतालमै डियूटीमै रहेको सदाको मोटरसाईकल चोरी भएको हो । दिउँसो पानी परेको मौका छोपेर मोटरसाईकल चोरले चोरी गरेको आशंका डा सदाले गरेको छ । डियूटी सकेर साढे ४ बजेतिर बाहिर निस्कने क्रममा मोटरसाईकल खोज्दा नभेट्टाएको उनले बताए । जिल्ला अस्पतालको डियूटी सकेर उनी घर जान मोटरसाईकल खोज्दा फेला नपरेपछि स्थानीय प्रहरीमा खबर गरेको बताए । यो समाचार तयार पार्दा सम्म उनको मोटरसाईकल फेला परेको थिएन् । मुख्य सडकको छेउमा रहेको जिल्ला अस्पताल परिसरबाट मोटरसाईकल चोरी हुनुलाई सिरहाको शान्ति सुरक्षासँग जोडेर हेर्न सकिन्छ । यसले सिरहा सदरमुकामको शान्ति सुरक्षा कमजोर भएको स्थानीयहरुको आरोप रहेको छ । चोरहरुले सहजै बजारबाट दिनदहाडै चोरी गर्न सफल हुनुले स्थानीय प्रशासनको कमजोर र सुस्त कार्यशैली रहेको स्थानीयले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्