सप्तरीमा हैजाको महामारी तर प्रसासनले उचित कदम उठाएनन्
Advertise Here Book Now

सप्तरी, ५ असोज । सप्तरीको कोइलाडी गाविसमा गएको शुक्रबारदेखि फैलेको झाडा पखालाका दुई जना बिरामीमा हैजाको जिवाणु देखिएको छ । उपचारका लागि गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा भर्ना भएका दुई जना झाडा पखालाका बिरामीमा हैजाको जिवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । दिसाबाट संक्रमित पानी र खाने कुराबाट फैलिने हैजाको जिवाणु कोइलाडी–२ की सोनीदेवी र सचीयामा देखा परेको जनस्वास्थ्य प्रमुख विजयकुमार झाले बताए । ‘‘दुई जनामा व्याक्टेरियम भिव्रियो कोलेरी नामक जिवाणु देखिएको छ तर काठमाडांैबाट आउने चिकित्सक टोलीले नमुना परिक्षण गरेपछि मात्र थप कुरा एकिन हुन्छ’ उनले भने । कोइलाडी गाविसमा झण्डै ६० जना मानिस झाडा पखालाले ग्रसित रहेकोले आवश्यक औषधीसहित जनस्वास्थ्यबाट उपचार टोली पठाइएको छ ।
 सप्तरीमा हैजाको महामारी तर प्रसासनले उचित कदम उठाएनन्। ……
कोइलाडी गाविसका २, ४, ६ र ९ वडामा फैलेको झाडा पखालाले ग्रसित भएका बिरामीमध्ये २२ जनाको गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा, ७ जनाको गाउँकै स्वास्थ्य चौकीमा र ४५ जनाको स्वास्थ्यकर्मीको निगरानीमा घरैमा राखि उपचार भइरहेको कोइलाडीका स्वास्थ्य चौकी इन्चार्ज परशुराम यादवले जानकारी दिए । उनका अनुसार ती वडाहरुबाट थप झाडा पखालाले ग्रसित बिरामीहरु आउने क्रम रोकिएको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्