शान्तिमन्त्री सितादेवी यादव गृहजिल्ला सिरहामा
Advertise Here Book Now


एसके कामति
सिरहा, असोज १७ गते । शान्ति तथा पुर्ननिमार्णमन्त्री सितादेवी यादवले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताइन् । 
मन्त्रीको पदभार ग्रहण गरेपश्चात पहिलो पटक गृहजिल्ला सिरहा आईपुगेका उनी कृषिको लागि प्रयाप्त जग्गा र सिंचाईका सम्भावना रहेको बताइन् । ‘हामीसँग खेतीयोग्य जमिन छ, तर प्रयाप्त सिँचाईको सुविधा नहुँदा उत्पादन वढाउन सकिएको छैन्,’ साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभासँगै भवन शिल्यनाश गर्दै शान्ति मन्त्री यादवले भनिन्,‘नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकार सोचिरहेको छ ।’
भव्य स्वागत
मधेसको अधिकारलाई संविधानमा समावेश नगरिएको भन्दै भएको लामो मधेस आन्दोलनको क्रममा उनको भारतीय नम्बर प्लेटको गाडीमा र गोलघरमा आगजनी भएको थियो । हिन्दुहरुको ठूलो चाड विजयादशमीको विदामा पनि आफ्नै घरमा आउन कठिनाई भएको थियो तर यसपल्ट स्थिति फरक रह्यो । उनलाई लिन जनकपुर विमानस्थल पुगेकाहरुले त्यहीबाट फूलमालाले स्वागत गरेको थिए । साधारण सभाको उद्घाटन र आफ्नो निवास आईपुगेपछि पार्टीका नेता कार्यकर्ता र समर्थकहरुले फूलमालाले स्वागत गरेका थिए । उनलाई  माला लगाउनेहरुको भीड नै लागेको थियो ।
नेपाली काँग्रेसका केन्द्रिय कोषाध्यक्ष समेत रहेका यादव जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने स्वकीय सचिव धनेश्वर यादवले बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्