तीन प्रतिशतको थ्रेसहोल्ड मान्य छैन : ठाकुर
Advertise Here Book Now

चैत १३ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने बताएका छन् । उनले थ्रेसहोल्डको संसददेखि सडकसम्म विरोध गर्ने बताए । तमलोपा मोरङद्वारा विराटनगरमा आयोजित एक कार्यक्रममा उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग विगतमा भएका समझदारीलाई सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन् । उनले सीमाङ्कनलगायतका विधेयकलाई परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यस्तो निर्वाचन मान्य नहुने धारणा व्यक्त गरे । अध्यक्ष ठाकुरले जनसङ्ख्याको सिद्धान्त विपरीत पुनःसंरचना आयोगले स्थानीय तहको संरचना निर्माण गरेको आरोप लगाए । अध्यक्ष ठाकुरले स्थानीय तह पुनःसंरचना आयोगले विवादित संरचना बनाएको र पूर्णता नपाएको अवस्थामा निर्वाचनको घोषणा गर्नु गलत भएको स्पष्ट पारे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्