मुख्यमन्त्रीको लोभमा संघीय समाजवादी फोरममा राजकुमार गुप्ता राजु
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १७ चैत्त । सद्भावना पार्टीभित्र रहेर अन्य पार्टीको प्रचारप्रसार गर्ने सिरहाका केही कामचोरी नेतालाई कारवाही गर्न थालिएको छ । सद्भावना स्थापनाकालदेखि जमिन्दारी शैलीका नेता राजकुमार गुप्ता राजुका परिवार यस पार्टीसंग आबद्ध रहेका थिए । पार्टीमा रहेर मात्रै हुंदैन भन्दै वीरगन्जको बैठकमा गुप्तासंग पार्टीको संगठन निर्माण, अनुशासन र आन्दोलनताका तेल कारोबारीसंग संलग्न विषयमा स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण माग गरेको कारण गुप्ताले दूई महिना अगाडि वीरगन्जको बैठकताका राजिनामा दिएका थिए । राजिनामापछि गुप्तालाई सही बाटोमा आउंन सद्भावना पार्टीका केन्द्र समन्वय एवं निर्देशन समितिका मृगेन्द्र सिंह यादव, बद्री मण्डल र नवलकिशोर साहलगायतका टोली सिरहाको मिर्चैया आइपुगेका थिए । सो बैठकमा सहमहासचिव गुप्ताले युवा मंचका अध्यक्ष विरेन्द्र यादव, केन्द्रीय सल्लाहकार रामनारायण महतो, गोपाल गुप्तालगायतलाई पार्टीबाट निस्काशन गर्न दवाव दिएका थिए । सिरहामा पार्टीभित्र राजकुमार गुप्ताको हैसियत समाप्त हुंदै गएपछि करिब ७ महिनादेखि गुप्ता विचलनमा परेका थिए । यता, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आफ्नो पार्टीमा ल्याउंन कसरत विगत लामो समयदेखि गर्दै आएका थिए । उपेन्द्र निकट स्रोतका अनुसार राजकुमार गुप्ता महाधनाढय व्यक्ति हुन् । उनका नेपाल र भारत गरी अरबौंको सम्पती रहेको छ । सोही प्रकृतिका फोरम नेपालमा सांसद डा.विरेन्द्र महतो पनि रहेकोले पार्टीलाई आर्थिक लाभको लागि मधेशका दूई खम्बा तयार पार्न पनि यो कार्य अघि बढाइएको हो । अर्का एक स्रोतका अनुसार फोरम नेपालमा मुख्यमन्त्री बन्ने हैसियत भएका नेता कम रहेकोले राजकुमार गुप्तालाई प्रदेश नम्बर २ को मुख्यमन्त्री र पार्टीको सहअध्यक्ष बनाउंने फोरम नेपालका अध्यक्ष उपेन्द्रले प्रतिबद्धता जनाएपछि सद्भावना छाडेका हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्