‘एमालेको उक्साहटमा सरकारले सप्तरीमा गोली चलायो’:अध्यक्ष यादव
Advertise Here Book Now

फागुन २९ ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको मलेठमा आफूहरुको एमालेसँग मुठभेड नभएको बताएका छन् । उनले एमालेको उक्साहटमा सरकारले गोली चलाएर पाँच जनाको नरसंहार गरेको दाबी गरे । सप्तरी घटनामा मृत्यु भएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिबार राजविराज आएका यादवले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा एमालेको अभियानले राष्ट्रिय एकता तोड्ने र देश विखण्डनतर्फ जाने आरोप लगाए । काले भारतीय, विदेशी र माखे लगायतका अपमानित गर्ने शब्द प्रयोग गरी एमालेले विगतमा मधेशी जनतालाई आक्रोशित बनाएको भन्दै त्यसको परिणामस्वरुप एमालेको विरुद्धमा मधेसमा जनमत बनेको उनले बताए । निहत्था मधेसी जनतामाथि गोली चलाएर सरकारले मधेसीविरुद्ध युद्धको घोषणा गरेको भन्दै उनले आफूविरुद्ध भएको युद्धको घोषणाको जवाफ दिन मधेसी जनता तयार रहेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्