सर्लाहीमा दुई पक्षबीच झडप, नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
Advertise Here Book Now

चैत १ । ईश्वरपुर नगरपालिका साबिक भक्तिपुरको खड्का टोलमा होली खेल्ने क्रममा डिजे बाजा बजाउने बिषयलाई लिएर दुई पक्षबीच झडप भएपछि, झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । खड्का टोलको माथिल्लो र तल्लो टोलका बासिन्दाबीच डिजे बाजा बजाउने विषयमा विवाद भई झडप भएको सर्लाहीका प्रहरी उपरीक्षक उत्तमराज सुबेदीले बताउनुभयो । झडपलाई नियन्त्रणमा लिनका गाउँमा पुगेका प्रहरीको गाडी माथि केही युवाहरुले ढुगांमुढा गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले सानो हतियार पेस्तोलबाट हवाई फायर गरेको प्रहरी उपरीक्षक सुबेदीले जानकारी दिनुभयो । युवाहरुको पथरावले प्रहरीको गाडीको सिसा फुट्नुको साथै केही प्रहरीलाई चोट समेत लागेको उहाँले बताउनुभयो । घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत वर्ष पनि डिजे बाजा बजाउने विषयमा विवाद भएको कारण खड्का टोलमा यस वर्ष होलीमा डिजे बाजा बजाउन प्रहरीले रोक लगाएको थियो । प्रहरीले बेलैमा गाउँमा पुगेर विवाद मिलाएकाले ठुलो क्षति टरेको प्रहरी उपरीक्षक सुबेदीले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्