चार घण्टा भित्रै प्रहरीले राहुल लाई गरायो अपहरण मुक्त
Advertise Here Book Now

धनुषा २०७३ चैत्र १७ - जिल्ला प्रहरी कार्यलय धनुषाले अपहरणमा परेका एक व्यक्तिलाई अपहरणमुक्त गराएको छ । जनकपुर उपमहानगरपालिका–८ तेतरियाका राजकुमार यादवका १९ वर्षीय छोरा राहुल यादवलाई धनुषा प्रहरीले अपहरणमा परेको चार घण्टा भित्रै अपहरणमुक्त गराउन सफल भएको छ । तेतरिया बजारबाट बुधबार बेलुका करिब ७ बजेको समयमा अपरिचित दुई जना व्यक्तिले राहुललाई हतियार देखाई अपहरण गरेका थिए । अपहरणमा परेको जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट सिमा नाकामा टोली परिचालन गरिएको थियो । स्थानिय बासिन्दा र प्रहरी टोलीलाई देखेपछि अपहरणकारीले राहुललाई छोडेर भागेको प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीले जानकारी दिनुभयो । राहुललाई बुधबार राति अवेर परिवारको जिम्मा लगाएको र अपहरणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्