अपहरण पश्चात हत्यारा गरेको आरोपमा जन्मकैद
Advertise Here Book Now

फिरोज शेख लहान, २०७३ चैत ४ - सिरहा जिल्ला अदालतले अपहरण गरी हत्या गरेको आरोपमा चार जनालाई जन्मकैद , तिन जनालाई ११ वर्षकैद सजाय सुनाएका छन्। सुखिपुर गाउँपालिका-६ का १४ वर्षीय श्रवण भण्डारीलाई अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला अदालतले बिहिबार चारजना आरोपितहरूलाई जन्मकैद सहित जनही ५० हजार रुपियाँ जरिबाना र ३ हजार ५ सय रुपैया क्षतिपूर्ति दिने सजाय सुनाएको छ।भने सोहि घटनाकाआरोपित तीनजनालाई ११ वर्षकैद, जनही ५० हजार रुपैया जरिबाना र ३ हजार ५ सय रुपियाँ क्षतिपूर्ति र एक जनालाई २० रुपैया जरिबाना सजाय सुनाएका छन्। जन्मकैदको सजाय पाउनेहरुमा सुखिपुर गाउँपालिका-६ का २७ वर्षीय दिनेश भनिने उमेश यादव, ५३ वर्षीय लक्ष्मी भण्डारी, भारत दरभङ्गा घर भई हाल सुखिपुर गाउँपालिका-१ बस्ने २० वर्षीय रामकृष्ण शर्मा र २७ वर्षीय आमोद भनिने अमरकुमार साफी रहेका छन् । त्यसैगरी ११ वर्षकैदको सजाय पाउनेहरुमा मोहनपुर कमलपुरका ५५ वर्षीय बिन्देश्वर यादव, ५५ वर्षीय धनजित यादव र १९ वर्षीय रामचरण वातर रहेका छन् ।भने रु.२० जरिबाना हुनेमा सुखिपुर गाउँपालिका-१ का ३५ वर्षीय जितेन्द्र चौधरी रहेको सरकारी वकिल दिपेन्द्र दनुवारले बताए। वकिल दनुवारका अनुसार सिरहा जिल्ला अदालतका न्यायाधीश राजेन्द्रप्रसाद अधिकारीको एकल इजलासले सो फैसला गरेको हो। सुखिपुर गाविस-६ का १४ वर्षीय श्रवण भण्डारीलाई २०७२ साल जेष्ठ ११ गते आरोपितहरु अपहरण गरि जेष्ठ २२ गते हत्या गरि खेतमा खाल्टो खनी गाडेका थिए।श्रवणको सव खेतमा गाडिएको अवस्थामा फेला परेको थियो। मृतक बालकको शवको पोष्टमार्टम रामकुमार उमाप्रसाद अस्पताल लहानमा जेठ २२ गते भएको र सोही दिन मृतककी आमाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्