चिट चोर्न भाइबर र म्यासेन्सर प्रयोग,सम्बन्धित निकाय मौन
Advertise Here Book Now



सिरहा– देशभर जारी माध्यमिक शिक्षा परीक्षामा सिरहामा भाइबर र म्यासेन्जरबाट चिट चोराउने नयाँ तरिका अपनाएको पाइएको छ । शिक्षक तथा अभिभावकले यस्तो तरिका अपनाएपनि सम्बन्धित निकाय मौन भने देखिएको छ ।
परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्रबाहिर रहेका शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट गर्ने गरेको पाइएको हो । बाहिरिएको प्रश्नपत्र हेरेर परीक्षर्थीहरुलाई भाइबर वा म्यासेन्जरबाटै उत्तर पठाउने गरेको पाइएको हो ।

सिरहाका धेरैजसो परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जरमार्फत चिट चोराउने नयाँ तरीका अपनाएको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए । सिरहा सदरमुकामकाका साथै लहान, मिर्चैया, जमदह, फुलबरिया गोलबजार, कर्जन्हा, बन्दिपुर,चेहर्वा फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जरबाट चिट चोराउने गरिएको श्रोतको दाबी छ । यस्तै परिक्षामा एउटा बेन्चमा दुईजना परिक्षार्थी बस्ने नियम रहेपनि जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा एउटा बेन्चमा ५ जनासम्म बसेको पाईएको छ ।

यति मात्र नभएर सिट जहाँ भएपनि परिक्षार्थीहरु आफुखुसी परिक्षा हलमा बसेको पनि भेटिएको छ । यो वर्ष सिरहाबाट कुल १० हजार ९ सय ७१ परीक्षार्थीले परीक्षा फर्म भरेका थिए । परीक्षामा जिल्लाका एक सय २८ सामुदायिक र ५४ संस्थागत विद्यालयका विद्यार्थी सहभागी छन् । -स्रोत;रातोपाटी 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्