आचार संहिता विपरित राखिएका सामग्री प्रशासनले हटायो
Advertise Here Book Now

राजविराज, ३० कार्तिक ]प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा निर्वाचन आचार संहिता उल्लघंनका घटनामा वृद्घि हुन थालेपछि स्थानिय प्रशासनले विहिबार देखि नियन्त्रणको प्रयास थालेका छन् । जिल्लाको विभिन्न ठाउँमा राजनितिक दलहरुले निर्वाचन आचार संहिता उल्लघंन गरी राखेका निर्वाचन अंकित झण्डा, तुल, ब्यारन, पोष्टर लगायतका सामग्री हटाएर स्थानिय प्रशासनले आचार संहिता उल्लघंनका घटना रोक्ने प्रयास गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, मुख्य निर्वचन अधिकृत हरिशचन्द्र ढुंगाना, नेपाल प्रहरीका उपरिक्षक मुकेश सिंह, शसस्त्र प्रहरी उपरिक्षक रामाधार यादव लगायतको अगुवाईमा प्रहरीले सार्वजनिक स्थल र विभिन्न सरकारी कार्यालयको प्रखालमा विभिन्न दलद्वारा लगाईएको पोष्टर, तुल, ब्यानर लगायतका प्रचार सामग्री हटाईएको छ ।प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्वाचन आचार संहितामा उल्लेख गरिएको व्यवस्था विपरित विभिन्न दलले जथाभावि प्रचार प्रसार सामग्री राखेकाले हटाउने काम सुरु गरिएको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्