कांग्रेस, एमाले र माओवादी केन्द्र सहितका सयौ नेता कार्यकर्ताहरु राजपामा प्रवेश
Advertise Here Book Now

जनकपुरधाम, कात्तिक ३० गते ।
आगामी निर्वाचनको तयारीमा दलहरु जुटेका बेला कांग्रेस, एमाले र माओवादी केन्द्र सहितका दललाई ठूलो झटका लागेको छ ।
बिहीवार धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले र माओवादी पार्टीबाट आजिज भई सो पार्टी परित्याग गरी सयौंको संख्यामा मधेश गठबन्धनका साझा दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गरेका छन् ।
क्षेत्रमा पर्ने प्रदेश नम्बर २ का केन्द्र विन्दु जनकपुर उपमहानगरपालिका स्थित पेठिया बजारमा करीब ८ सयको संख्यामा कांग्रेस, एमाले र माओवादी पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु प्रवेश गरेका छ्न ।
प्रवेश गर्नेहरुमा एमाले, कांग्रेस, नयांशक्ति र माओवादी सहित दलका  उत्तिमलाल यादव, रामप्रसाद साह, सोयल राजा दर्जी, आदम राइन, माधब साह, राजेश अग्रबाल, सम्भु कुमार साह, बिना मण्डल, बादल पासवान, जितेन्द्र सिंह, बिटु ठाकुर लगायत करीब ८ सय नेता कार्यकर्ताहरु रहेका छ्न ।
नवप्रवेशीहरुले वर्षौदेखि हामी ती पार्टीहरुमा लागेका थियौं तर तिनीहरु मधेशको विकास गर्नुको सट्टा मधेशलाई जर्जर बनाउंदै मधेशीको छाती र टाउकोमा गोली हान्ने बाहेक कुनै काम नगरेकोले बाध्य भई मधेशलाई अधिकार सम्पन्न बनाउनमा सहयोग गर्न राजपामा प्रवेश गरेको बताए । उनीहरुले अब ती दलहरुको शोषणबाट मुक्त भई मधेशी शहीदको सपना साकार गर्न र संविधान संशोधन मार्फत अधिकार सम्पन्न बनाउन अब संघर्ष होइन ब्यालेटको मार्पmत जवाफ दिदै  मधेश केन्द्रित दलमा लागेर अघि बढने प्रतिबद्धता समेत जनाएका छ्न ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्