३० कात्तिक, सर्लाही ।सर्लाही
सदरमुकाम मलंगवाका एक व्यापारी माथी भारतीय भूमीमा गोली प्रहार भएको छ ।
सदरमुकाममा थोत्रा सामान संकलन गरेर व्यापार गर्दै आएका मलंगवा नगरपालिका– ९
बस्ने ३७ वर्षीय राकेश चौधरीमाथी गोली प्रहार भएको हो । भारतको
सोनवर्षाबाट मलंगवा फर्किने क्रममा गएराती ८ बजेतिर भारतको सीतामढी जिल्ला
स्थित चिलरा मोडमा नचिनेका मानिसले जिल्ला प्रहरी कार्यालय सर्लाहीले
जनाएको छ । पेट बायाँपट्टी गोली लागेर घाईते भएका चौधरीलाई जिल्ला अस्पताल
मलंगवामा सामान्य उपचारगरि नेशनल मेडिकल कलेज वीरगञ्ज रेफर गरिएको
सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आमल खाँ ले जानकारी दिनुभयो । व्यापारी
माथी गोली प्रहार गर्नेहरुको सर्लाही प्रहरी र भारतको सोनवर्षा प्रहरीले
खोजी गरिरहेका छन् । घटना भारतमा भएपनि घटना संलग्नहरुको खोजी गर्न
आफूहरुले पनि सहयोग गरिरहेको एसपी खाँ ले बताउनुभयो ।
नेपाली व्यापारीमाथी सीमावर्ती क्षेत्रमा गोली प्रहार
Advertise Here Book Now