राजकिशोर यादवलाई फोरम बागी उम्मेद्बवार को समर्थन
Advertise Here Book Now

शिव दयाल यादव सिराहा,असोज २८ गते । संघीय समाजबादि फोरम नेपाल बाट बागी उमेदवार को रूपमा रहेको प्रतिनिधि र प्रदेश सभाका स्वतन्त्रद्वय उम्मेद्बारले राजकिशोर यादव लाई सनर्थन गरेको छ । मो.ताहिर प्रतिनिधि सभा र कारी यादव प्रदेश सभाको लागि उम्मेद्बारी दर्ता गराएको थियो । मधेसी दलको गठबन्धनमा पार्टीको निर्देशन बमोजिम समर्थन गरेको एक स्रोतको भनाइ रहेको छ । सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राजपा का अध्यक्ष मणडल राज किशोर यादव लाई आफ्नै गठबन्धन बाट बागी उमेदवारको चुनौती परेको बेला ताहिर र यादव को समर्थनले मधेसी गठबंधन मा थप बल पुगेको छ । राजपाबाट प्रदेस सभाका लागि ४(क) बाट राम कुमार मणडल र ४(ख) बाट सुरेस मणडल रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्