प्रहरीले हतियारसहित जगबहादुरलाई समाते
Advertise Here Book Now



गोलबजार, २१ कार्तिक । इलाका प्रहरी धनगढीका प्रहरी गस्ती टोलीले दुई थानहतियारसहित एक जनालाई मंगलवार पक्राउ गरेका छन् । गस्तीको क्रममा धनगढीमाई नगरपालिका–८ स्थित मुसहरनिया जंगलमा  ३÷४ जना शंकास्पद मानिसहरुले प्रहरी टोलीलाई देख्न साथ भागेका थिए । सोही क्रममा प्रहरीले चेकजाँच गर्दा एउटा लोड भएको र अर्काे खाली रहेको २ वटा भरुवा बन्दुक फेला पारेका छन् ।
फेला परेका हतियार वडा नम्बर १० ५८ वर्षिय जग बहादुर तामाङ्कको रहेको प्रहरीले जनाएको छ । हतियारसहित उनलाई पनि पक्राउ गरेका छन् ।  पक्राउ परेका तामाङ्कलाई ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत अनुसन्धान तथा घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको पहिचान र खोज तलास भइरहेको प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीले जानकारी गराए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्