मतदाताले तीनवटा मतपत्रमा चार ठाउँ भोट हाल्नुपर्ने, जानकारीको लागि सक्दो सेयर गरौं
Advertise Here Book Now

काठमाडौं १२ कात्तिक– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको लागि छुट्टा छुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । आयोग पदाधिकारीको आइतवार बसेको बैठकले सर्वोच्च अदालतको आदेश अनुसार प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने निश्कर्ष निकालेको हो ।
यसको औपचारिक निर्णय भने सोमवार मात्र गरिने भएको छ । सर्वोच्च अदालतको आदेशको मर्म अनुसार आयोगले छलफल गरिरहेको आयोगका प्रवक्ता नबराज ढकालले लोकान्तरलाई जानकारी दिए । ‘अदालतको आदेशको कार्यान्वयन गर्नबारे गम्भीर छलफल भइरहेको छ, अदालतको आदेशको मर्म र भावना अनुसारको निर्णय गरेर पत्राचार गर्छौ’ ढकालले लोकान्तरसँग भने ।
आयोग स्रोतले छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णयको तयारी भएको बतायो । आइतवार समानुपातिक तर्फको बन्दसूचीलाई अन्तिमरुप दिनु पर्ने भएकोले यसवारे औपचारिक निर्णय भने भएको छैन ।
यसअघि आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि एउटै मतपत्रको व्यवस्था गरेको थियो । प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय भएमा मतदाताले अब तीनवटा मत्रतपत्रमा भोट हाल्नु पर्नेछ ।
आयोगले छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुट्टै दुईवटा मतपत्र र समानुपातिक तर्फको एउटा मतपत्रमा भोट हाल्नु पर्नेछ ।
समानुपातिक तर्फपनि मतदाताले प्रदेश र प्रतिनिधि सभाका लागि छुट्टा छुट्टै भोट हाल्नु पर्नेछ । समानुपातिक तर्फको मतपत्र रातो छ भने प्रत्यक्ष तर्फको मतपत्र सेतो भूईमा हरियो मसीले छापेको हुनेछ । यस हिसावमा एक जना मतदाताले चार पटक भोट हाल्नु पर्ने हुन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्