गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती
Advertise Here Book Now

रंजन भण्डारी
महोत्तरी,१९ कार्तिक ।
प्रदेश नं. २ को प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले कडा चुनौती दिएका छन । महोत्तरीमा राजपा र फोरमले वितरण गरेको टिकटको विरुद्ध राजपाको टिकट वितरणलाई चुनौती दिदै क्षेत्र नं. ३ र ४ बाट चन्देश्वर झा र देवेन्द्र कुमार यादवले मनोनयन दर्ता गराएका छन । यता वाम गठबन्धनलाई माओवादीका विद्रोही युवा नेता सत्येन्द्र यादवले प्रभावित गर्ने देखिएको छ ।
२०७० सालको निर्वाचनमा स्वतन्त्रबाटै खुरपी छापमा जितेका चन्देश्वर झा केहि महिना अगावै राजपामा प्रवेश गरेका थिए । पार्टीले टिकट दिने वचन दिएपनि सोहि टिकटमा राजपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर निर्वाचनमा उठेपछि झाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराए । यता मधेश मुद्दालाई जेनेभासम्म पुर्याएर मधेशी मुद्दालाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका देवेन्द्र कुमार यादव समेत क्षेत्र नं. ४ बाट प्रतिनिधी सभाको लागि भिडदै छन । माओवादी केन्द्रलाई नै आफ्नो युवा अवधी सुम्पी सकेका युवा नेता सत्येन्द्र यादवले मधेश विरोधी पार्टी रहेको एमालेसंग गठबन्धन गरेको र आफु एमालेसंग सहकार्य गर्न नसक्ने भन्दै आफुले उम्मेदवारी दिएको बताए ।
यस्तो भन्छन यादव ः
२०३६ साल मा विद्यार्थीकाल देखि नै राजनितिमा होमिएका क्षेत्र नं. ४ बाट प्रतिनिधीसभाका उम्मेदवार यादव पन्चायती व्यवस्था विरुद्ध २०४४ सालसम्म सकृय भए । पढाईमा राम्रो भएकोले उनी २०४९ मा ईन्जिनियरिंग अध्ययनको लागि भारतको अहमदावाद गए । एक दुई वर्ष जति फर्केर नेपालमै सरकारी जागिर खाएका यादव राजनिति मोहका कारण जागिर छोडी राजनितिमै पुनः होमिए । २०६४ र २०७० को प्रतिनिधीसभाको निर्वाचनमा तत्कालिन सदभावना पार्टीवाट निर्वाचनमा भाग लिएका यादव दुवै पटक थोरै मतले पराजित भएका हुन । उनी ७० को निर्वाचनमा मधेशी दलहरु मध्ये सवैभन्दा वढी मत ल्याएका थिए ।
छरिएर रहेको ६ पार्टीलाई एकिकरण गरेर एकसुत्रमा वाँधी राजपाको परिकल्पना आफुले नै गरेको उनी बताउछन । उनी आफ्नो निर्णयलाई राजपाले समर्थन गर्ने समेत बताउछन । उनी केहि व्यक्तिले गर्दा सम्पुर्ण राजपाको अस्तित्व नै धरापमा परेकोले पार्टीको नेतृत्व पंक्तिले वेलैमा सचेत हुनु आवश्यक रहेको वताए ।
पार्टीले धोखा दियो ः चन्देश्वर झास्वतन्त्रबाट गत संविधानसभाको निर्वाचनमा विजयी भएका चन्देश्वर झा हालै राजपामा प्रवेश गरेका थिए । पार्टीले आफुलाई राजपाबाट टिकट दिने सहमतिमा आफु पार्टीमा प्रवेश गरेको बताउदै झा ले अन्तिम समयमा केहि स्थानिय नेताहरुको प्रपंचका कारण आफुले टिकट नपाएको बताए । पार्टीलाई जिताउन आफु प्रतिवद्ध र सामथ्र्यवान रहेपनि आफन्त र आसेपासेको जालमा फसेको राजपाले आफ्नो टिकट खोसेको बताए ।
संसदिय व्यवस्थामा सिटिंग एमपिलाई पहिलो प्राथमिकता दिईने गरिएपनि आफुलाई वाईकट गरेको बताए । उनले समानुपातिकमै आफनो नाम राख्ने भएपनि आफ्नै समधिनीलाई महन्थ ठाकुरले प्राथमिकता दिएको उनको आरोप छ । सवै टिकट आफन्त र आसेपासेलाई नै दिईदा अन्यको पार्टीमा के काम भन्दै आफुले स्वतन्त्रबाट उम्मेदवारी दिए ।
आफुले साविक ४ नं. क्षेत्रमा गरेको कामले आफुलाई जिताउनेमा विश्वस्त रहेको बताए ।
एमाले विरुद्ध आफ्नो उम्मेदवारी ः युवा नेता यादव
माओवादी केन्द्रका वागी उम्मेदवार युवा नेता सत्येन्द्र यादवले आफ्नो उम्मेदवारी माओवादी केन्द्रको विरुद्धमा नभई एमालेको विरुद्धमा भएको बताए । उनले देशको अन्य क्षेत्रमा वाम गठबन्धन मजवुत भएपनि मधेशमा वाम गठबन्धनको औचित्य नभएको र मधेशको विरोध गर्ने तथा मधेशमा उत्पात मच्चाउने एमालेको पक्षमा आफुले भोट माग्न नसक्ने हुनाले आफुले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए । क्षेत्र नं. ३ ख को प्रदेशसभा प्रतिनिधीको लागि युवाहरुको साथ र समर्थनसंगै आफुले वहुमत ल्याउने बताए ।
२०६२÷६३ को जनआन्दोलनबाट राजनितीमा आएका युवा नेता यादव जनआन्दोलनको वेला प्रहरीको कुटाईबाट दर्जनौ पटक सख्त घाईते भई काठमाडौं स्थित विर अस्पतालमा आईसियुमा उपचार गराएका थिए । मधेशी जनअधिकार फोरम नेपालबाट राजनितीमा होमिएका उनी तराई मधेश लोकतान्त्रिक पार्टी र २०६५ मा माओवादी केन्द्रवाट आफ्नो राजनितीलाई उनले निरन्तरता दिएका हुन । २७ वर्षिय नेता यादव विगत १२ वर्ष देखि राजनितीमा सकृय छन । राजनितीमा प्रवेश गर्दा उनी १५ वर्ष कै थिए भने कक्षा ९ मा अध्ययन गर्दै थिए ।
उनलाई जनआन्दोलनको समय प्रहरीले टार्गेट गरेर ईन्काउण्टर गर्ने सम्मको योजना बनाएपनि प्रहरी सफल हुन नसकेको माओवादी केन्द्रका अगुवा नेताहरुको भनाई छ । यादव विद्यार्थी एकाई समित िअध्यक्ष देखि माओवादीको केन्द्रिय आयोजक समिति सदस्य सम्मको यात्रा तय गरि उम्मेदवारमा सिफारिस गरिएका हुन ।
यता युवा नेता यादवको सामाजिक कार्य भने स्थानियहरुको लागि अविस्मरणिय छ । शान्ति तथा विकासको लागि युवा संजाल नामक संस्थाबाट युवा तथा शान्तिका लागि विभिन्न सकारात्मक कार्य गर्दै उनी नेपाल युवा संस्था संजाल(आयोन) काठमाडौंको कार्यसमिति सदस्य देखि एकमात्र मधेशी सचिव निर्वाचित भैसकेका छन । त्यसतै जलेश्वर जनकपुर सडक निर्माणको लागि ९ दिनसम्म आमरण अनसन गरेर समेत उनी चर्चामा आएका हुन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्