मिरचैया नगरपालिका वडा न. २ द्वारा सरसफाई तथा जनचेतना बढाउने काम सुरू
Advertise Here Book Now

रामनरायण ठाकुर

सिरहा, कार्तिक १५। मिरचैया नगरपालिका-२ का नवनिर्वाचित वड़ा अध्यक्ष लक्ष्मेशर कापरीले सपथ ग्रहण गरे देखी दोस्रो पटक काम गर्न सुरु गरे र सरसफाई तथा जनचेतना बढाउने काम सुरूवात गरेका छन । नेकपा माओवादी केन्द्र वाट मिरचैया नगरपालिका -२मा कडा प्रतिस्पर्धाका विच विजयी भएका बड़ा अध्यक्ष कापरी द्वारा आज बड़ा भित्र सरसफाई र घर घर मा गएर जनचेतना कार्यक्रमको आयोजना गर्नु भएको छ ।आफ्नो वड़ा लाई सबै भन्दा राम्रो वडा बनाउने लक्ष्य लिएर सरसफाइ र जनचेतना कार्यक्रमको आयोजना गर्नु भएको छ ।उक्त कार्यक्रममा मिरचैया नगरपालिका-२मा आफै कुचो,पन्जा ,मास्क, लगाई सरसफाई गर्नु भएको छ उहा लगायत मिरचैया नगरपालिका मेयर,वडा बाशी,बुद्धिजीबी,भारभलधमी,शिक्षक,शिक्षाका ,विद्यार्थी,संचारकर्मी,वडा कार्यालय को सम्पूर्ण कर्मचारीहरले सरसफाई गरेका थिए र सरसफाई तथा जनचेतना र फोहरमैला व्यवस्थापन कार्यक्रम सम्पन भएको छ । साथै,हेल्प मदेशी ,कतार का प्रमुख विनाेद साह र काेषा अध्यक्ष लालबाबु कापरी द्वारा कतार मा मृत्यु भएका राजकुमार कापरीका श्रीमती ईशवर वती देबि कापड़ी लाई मिरचैया नगरपालिका नवनिर्वाचित मेयर श्रवण यादव को हात बाट ₹ २४०२५ ।- प्रदान गरेको छ ।





Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्