सिरहा ४ मा दुइ मन्त्रिको दौड, कसले मार्लाबाजी
Advertise Here Book Now


सिरहा, २६ कात्तिक ।  दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको लागि सिरहा क्षेत्र नं. ४ मा बमगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री अजयशंकर नायक र मधेसी गठबन्धनका तर्फबाट पूर्व मन्त्री तथा राजपा नेपालका अध्यक्ष मण्डका अध्यक्ष राजकिशोर यादवले उम्मेदवारी दिएका छन् । नेपाली कांगेसले महासमिति सदस्य तथा सभासद मोखतार आलमले उम्मेदवारी दिएका छन् ।

सिरहा क्षेत्र नं. ४ मा पर्ने मिर्चेया र कर्जन्हा नगरपालीका नेकपा माओवादी केन्द्रले जितेका छन्, भने नरहा गाउँ पालीका नेकपा एमालेले विजयी हासिल गरेको छ । त्यसैगरी, नेपाली काग्रेस कल्याणपुर नगरपालीकामा विजयी भएका छन् । यहाँ राजपाले ४ वटा वडा जितेको छ, भने विष्णुपुर गाउँपालीका संघिय समाजवादी फोरम जियी भएका छन् ।


वर्तमान निर्वाचन क्षेत्र नं. ४ मिर्चैया, कर्जन्हा र कल्याणपुर नगारपालीका, विष्णुपुर गाउँपालीकाको वडा नं. २,३,४  नरहा गाउँ पालीकाको ३,४, ५ र नरहा गाउँ पालिकाको ३, ४, ५ नम्वर वडालाई समेटेर क्षेत्र निर्धारण गरिएको छ ।

स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा यसक्षेत्रमा सवैभन्दा बलियो बाम गठवन्धन देखिन्छ । मधेसवादी दल र नेपाली काँग्रेस उसकोको उपस्थिति कम देखिन्छ ।
स्थानिय निकायमा भएको पराजय र बाम गठवन्धनको दवावमा मधेसी दलहरुले पनि आपसमा गठबन्धन गरेपछि उनीहरुको पनि अवस्था सुधार भएको स्थानीय जानकारहरु बताउँछन् । तर, यसक्षेत्रमा राजपाको राम्रो मानिएको कल्याण नगरपालीकामा नै स्थानीय स्तरमा संघिय समाज वादी फोरम र राजपा विचमा कटुता देखिएकाले राजपाले आकलन गरेजस्तो मत नआउन सक्ने आकलन गरिएको छ ।
स्थानीय निर्वाचनताका राजपाले अरुनै दलसँग गठबन्धन गरेपछि यहाँका फोरम निकट नेताहरु राजपाप्रति असन्तुष्ट रहेको भनाई छ । यसले यो निर्वाचनमा असर गर्ने स्थानीय बुझरुकहरुको आकलन छ ।
यो असन्तुष्टिले यहाँ नेपाली काँग्रेसलाई पफाइदा हुने आकलन गरिएको छ ।
 कल्याणपुरस्थित रामदुलारी माध्यमिक विद्यालयका प्रधानअध्यापक लालदेव साहका अनुसार स्थानीय निकायको मत परिणामले बामगठबन्धन अगाडी देखिएपनि शोही अनुसारको मत बाम गठबन्धनले पाउन गाह्रो हुने बताउनु हुन्छ । 
उहाँ भन्नुहुन्छ, ‘पछिल्ला केही दिनदेखि देखिएको गतिविधिहरुले बाम गठबन्धन अग्रभागमा देखिएपनि नेपाली काग्रेस र राजपाका उम्मेदवारलाई पनि कम आक्न मिल्दैन, नेपाली काग्रेसको अवस्थापनि सुधार हुँदै गएको पाएको छु ।’
यही गतिमा नेपाली काग्रेस अगाडी बढ्ने हो भने बाम र कांग्रेसको प्रतिस्पर्धा हुने प्राध्यापक साहको आकलन रहेको छ ।
यता, नेकपा माओवादीका उम्मेदवार अजयशंकर नायकले यो क्षेत्र पहिलादेखि नै बामहरुको पक्कड रहेको र अहिले एमाले माओवादी गठबन्धले हाम्रो अवस्था असाध्ये राम्रो बनेको जिकिर गर्नुभयो ।
 उहाँले उन्नुभयो, ‘धेरै कुरा स्थानीय निर्वाचनले पनि बताई सकेको छ, त्यसको साथै हाम्रो पार्टी स्वसित, ‘पीडित जनताको पक्षमा रहेकोले उनीहरुले हामीलाई मायाँ गर्नेछ भन्ने विश्वास छ ।’ उहाँले यो क्षेत्रमा बाम गठबन्धनलाई कसैले रोक्न नसक्ने पनि दावी गर्नुभयो ।
त्यसैगरी, राजपा नेता राजकिशोर यादवले जसरी बामगठबन्धनको पक्कड भएको प्रचार गरिएपनि आफूले त्यस्तो नपाएको बताउनु भयो ।
 उहाँले आफू क्षेत्रमा घुमेपछि आफ्नो पाक्षमा धेरै जनता रहेको पाएको सुनाउनु भयो । उहाँले आफूले मधेसी जताको पक्षमा खेलेको भूमिका र व्यक्तित्वका कारण पनि आफ्नो अवस्था निकै राम्रो रहेको जनाउनु भयो ।
जनताले गाउँ गाउँमा पुग्दा दिउको माँयाले आफू निकै उत्साहित भएको पनि पूर्व मन्त्रि यादवले बताउनु भयो ।
यता नेपाली काग्रेसका उम्मेदवार मोखतार अमदले अहिले नै जित हारको आकलन गर्न नसकिने जनाए । तरपनि जनताले आफूलाई मायाँ गर्नेमा विश्वस्त रहेको मोख्तारको कथन थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्