मालपोत कार्यालय सिरहामा बम बिस्फोट बाबुछोरासहित तीन घाईते
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ७ पुष । मालपोत कार्यालय सिरहाको पहिलो तल्लामा हाकिमलाई लक्षित गरी आज बम विस्फोट भएको छ । आज दिउंसो १.३० बजेतीर बम विस्फोट हुंदा तीन जना गम्भिर घाईते भएका छन् । विस्फोटमा लेखापढी व्यावसायी बर्ष ३० का पवन पासवान, सिरहा १२ का राजकुमार पासवान र उनका छोरा रोशन पासवान गम्भिर घाईते भएका छन् । घाईते तीनै जनालाई उपचारको लागि सिरहा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । कार्यालय प्रमुख बस्ने कोठाको छेउमा कुकर बम विस्फोट भएको छ भने प्रमुख एक दिन अगावै सरुवा भएर विदाई भएर गइसकेका छन् । बम कसले किन पड्काएको हो हालसम्म कसैले जिम्मा लिएको छैन ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्