वीरगञ्जको ग्यास पलान्टमा भीषण आगलागी, दुईको मृत्यु, दमकलसमेत जल्यो
Advertise Here Book Now

वीरगन्ज, पुस ५ । वीरगञ्ज उपमहानगरापलिका– २४ स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ ।
बिहान सवा ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरीका अनुसार आगलागीमा परी २ जनाको ज्यानसमेत गएको छ। यद्यपी उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन।
आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ। आगलागीको कारण खुल्न सकेको छैन।
आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ। ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान नसकिरहेको प्रहरीले जनाएको छ। विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यासे बुलेट पनि जलेर नष्ट भएका छन्।
उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन्। प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ। ग्यास बुलेट पड्किएको आवाज परेसम्म सुनिएको छ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो निभाउन सकेका छैनन्।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्