रौतहटमा प्रहरी र राजपाबीच भिडन्त, ५० राउन्ड चल्यो गोली, ५ घाइते
Advertise Here Book Now

रौतहट । बुधबार मध्यराति रौतहटमा राजपा कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । ५ जना घाइते भएका छन् । प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि बुधबार मध्यरातिसम्म रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त बनेको हो ।
मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि झडप सुरु भएको बताईएको छ । झडपमा बालकसहित पाँचजना घाइते भएका छन् । उनीहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन ।महमदपुरमा प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए । त्यसपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो । गाउँका चोक-चोकमा पुगेर पनि प्रहरीले टियर ग्यास प्रहार गरेको स्थानीयबासीको दावी छ ।स्थानीयले ५० राउन्ड हवाइ फायर भएको दावी गरे पनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरी स्रोत बताउँछ । त्यहाँ प्रहरि पनि घाइते भएकाे स्थानीयले बताए पनि जिल्लाका प्रहरी कार्यालयले भने यस विषयमा केहि जानकारी दिन चाहेन । स्थिति तनावग्रस्त भएपछि राति नै महमदपुरमा सशस्त्र प्रहरीको थप फोर्स झिकाइएको बताइएकाे छ ।यसअघि पिपरा रजवारा भन्ने ठाउँमा पनि प्रहरीले हस्तक्षेप राजपाकाे कार्यक्रममा हस्तक्षेप गरेकाे थियाे । त्यहाँकाे अवस्था अझैसम्म पनि तनाग्रस्त रेहकाे हाम्रा सम्बाददाता जयनारायण यादवले बताएका छन् । घटनाबारे थप बिबरण अाउन बाँकी नै छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्