मिर्चैयाको मोजै विद्यालयका शिक्षकहरुलाई मौजैमौज,पठ्नपाठ्न प्रभावित
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान,१५माघ । ‘बालबच्चा जन्माउंछन्, सबै नागों फोहरीलाई यहां पढ्न पठाई दिन्छन् ।’ यो कथन शिक्षकहरुको हो । यसलाई उदृत गर्दै सिक्रोन निवासी जगदीश दास बताउंछन् । सिरहाको मिर्चैया १२ स्थित श्री मोजै जनता प्रावि भरेवा सिक्रोन करिब ढेड महिनादेखि विद्यार्थीहरुको पठ्नपाठ्न प्रभावित छन् । जगदीश दास त्यसै विद्यालयका अभिभावक हुन् । उनका एक छोरा एक छोरी त्यसै विद्यालयमा अध्ययन छन् । अभिभावक दास अगाडि थप्छन् —‘गरिबको बालबच्चा त यस्तै स्कूलमा पढ्छन् के गर्नु ?, धनीका छोराछोरी बोर्डिगं पुग्छन् ।’ तर, ‘शिक्षकहरुको लापरवाहीले पठ्नपाठ्न हुंदैन ।’ ‘विद्यार्थीहरु एकातीर शिक्षकहरु राजनीतिक गफतीर हुन्छ ।’ मोजै जनता माविमा दलित गरिब विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ५ सम्म संचालन रहेको यस विद्यालयमा प्रअ आशा भुरेर, शिक्षकहरु देवनारायण यादव, प्रमोद साह, प्रदीप साह र निर्मला यादवगरी पांच जना रहेका छन् । शिक्षकहरुबीच आपसी विवाद रहेको कारण पठ्नपाठ्न प्रभावित हुंदै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज यादव भन्छन् —‘शिक्षकहरुबीच आपसी विवादले केही दिन विद्यालय बन्द रहियो ।’ ‘तर, ‘अहिले विद्यालय खुला हुने गरेको छ ।’Image may contain: 4 people, people standing and outdoor 
विद्यालयका शिक्षकहरुबीच विवादको कारण खाजाको रकम रहेको छ । विद्यार्थीहरुको लागि खाजा बापत १ लाख ८४ हजार रकम आएको थियो । त्यस मध्ये २५ हजार जतिको खाजा वितरण मात्र गरिएको छ । बांकी रकम शिक्षकहरु आपसमा बांडफांट गरिएको छ । बांडफांटमा कति शिक्षकले रकम आफ्नो भागमा नपरेको भन्दै विरोध गर्दा विद्यालयका शिक्षकहरुबीच विवाद रहेको छ । विद्यार्थीको खाजा रकम विद्यार्थीलाई नै दिनुपर्छ भनी दवाव दिएका शिक्षक प्रदीप साहलाई बाहिरीया गुण्डा मगाएर धम्किएका थिए । शिक्षक प्रदीप साह भन्छन् ‘गुणस्तर शिक्षाको लागि व्यवस्थापन गर्न दवाव दिंदा प्रअले गुण्डा लगाएर मार्ने धम्की दिए ।’ ‘कात्तिक महिनाको मेरो तलब समेत रोकेर राखेको छ ।’ शिक्षक साह बताउंछन् । शिक्षक साहले न्याय पाउंन प्रहरी प्रशासनमा निवेदन दिंदा समेत कहिकतै सुनवाई नभएको स्थानीय अभिभावकहरुको दावी छ । पौष ७ गते विद्यालयमा आएर शिक्षक प्रदीप साहलाई बाहिरिया गुण्डाहरुले धम्किएका थिए । 

विद्यालय संचालन रहेको बेला समेत पठ्नपाठ्न प्रभावित हुने गरेको छ । कक्षा ४ को रोल नं. २ रहेकी खुसोकुमारी दास भन्छीन्—‘विद्यालय बन्द नै छ, ‘विद्यालय खुला भएको बेला शिक्षकहरु एक दूई घण्टी गरेर जाने गरेको छ ।’ ‘शिक्षकहरु आंफिसमा गफ गर्छन् , विद्यार्थीहरु चुंगी खेल्छन् ।’ यस्ता दर्जनौ विद्यार्थी र अभिभावक यस विद्यालयको पठ्नपाठ्न वारे गुनासो गर्छन् । विद्यालयको नाम समेत राम्ररी नलेखिएको अवस्था छ भने लाखौको निर्माण भएको चर्पीहरु दुर्गन्धित छ । वि.स. २०१७ सालमा स्थापना भएको यस विद्यालयसंग तीन विघा खेती योग्य जग्गा रहेको छ । प्रअ आशा भुरेर भन्छीन् —‘मलाई फसाउंन खोजेको हो ।’ ‘म दूई बर्षदेखि प्रअ भएको छु ।’‘यस अघि शिवशरण यादव प्रअ हुंदा खात्तामा जम्मा एक हजार छोडेर गएका थिए ।’ ‘म के गर्नु ?’ यहां हुनेखानेका छोराछोरी बोर्डिगं पढ्छन् । गरिब दलितका छोराछोरी सरकारी स्कूलमा पढ्छन् । तर, शिक्षकहरुले तलब मात्रै खान्छन् । गुणस्तर शिक्षाको पूर्ती कहिले होला ?

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्