सुधीर इन्टरप्राइजेज पसलमा आगलागी हुदा करोडौंको क्षति
Advertise Here Book Now


सिरहा माघ १६ । सिरहाको गोलबजार नगरपालिका-६ स्थित सुधीर इन्टरप्राइजेज पसलमा सोमबार मध्यरातमा भएको आगलागीबाट करोडौंको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका दर्जनौं कम्प्यूटर, ल्याप्टप, सिसि क्यामेरा, राउटर, हार्डडिस्क, र्‍यामलगायतका समान जलेर खरानी बनेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए । विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक सुवेदीले बताए । उनले पीडितले दिएको जानकारी अनुसार एक करोडभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार आगलागी मध्यरातमा सुरु भएको थियो । पसल रहेका घर धनी स्थानीय वीरेन्द्र खड्गा हुन् । आगलागी हुँदा पसलमा कोही थिएन् । आगलागी सुरु भएपछि स्थानीयले नै प्रहरी र पसलका प्रोपराइटर सुधीर साहलाई खबर गरेका थिए । घटना स्थलमा तत्कालै पुगेर प्रहरी र गोलबजारको दमकलले करिब २ घण्टापछि आगो नियन्णमा लिएको थियो । आगलागीबाट घरको भित्तो जलेर कालो हुनुका साथै कतिपय ठाउँमा दुलो परेको छ ।

पसलमा आगलागी भएर करोडौंको सम्पत्ति जलेका कारण प्रोपराइटर साह राति बेहोस भइ अस्पताल भर्ना भएका थिए । उनले भने, ‘करिब एक करोड २५ लाख बराबरको समाज पसलभित्र थियो। जलेर खरानी बन्यो । एउटै समान काम लाग्ने अवस्थामा छैन् ।’ करिब ३ लाख रुपैया नगद समेत जलेको साहले बताए ।  साभारः अन्नपुर्णपोष्ट

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्