हामी नमुना नेपाल बनाउँछौ सरकारले समृद्ध बनाएर देखाओस्: धुर्मुस
Advertise Here Book Now

धनुषा, माघ २३ – धुर्मुस सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालिका – ८ मा निर्माण गरेको एकीकृत नमुना सन्तपुर बस्ती  हस्तान्तरण गरेको छ । एक कार्यक्रम गरी राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट फाउण्डेशनले बस्ती हस्तान्तरण गरेको हो । ४७ बाढी पीडित घरपरिवारका लागि फाउण्डेशनले नमुना बस्ती १ सय १४ दिनमै निर्माण गरी तोकेको मिति भन्दा एक दिन अगाडि हस्तान्तरण गरेको छ ।फाउण्डेशनका अध्यक्ष तथा हाँस्यकलाकार सिताराम कट्टेल (

धुर्मुस), उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले बस्तीका साँचो राष्ट्रपतिलाई जिम्मा लगाउनुभएको थियो । राष्ट्रपतिले साँचो बस्तीका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गर्नुभयो ।
पाँच करोड ९४ लाख ८७ हजारको लागतमा निर्माण गरिएको बस्तीका लागि अझै फाउण्डेशनलाई ७० लाख अपुग रहेको फाउण्डेशनका व्यवस्थापक अर्जुनप्रसाद न्यौपानेले बताउनुभयो । आर्थिक अभाव भए पनि तोकेको मिति भन्दा एक दिन अगाडि नै बस्ती हस्तान्तरण गरिएको छ । ‘हामीले त जसोतसो सहयोग संकलन गरेर चार वटा बस्ती बनायौं,’ कार्यक्रम समारोहमा बोल्दै धुर्मुसले भन्नुभयो,‘म राष्ट्र्रपतिलाई साक्षी राखेर भन्छु, नमुना नेपाल त धुर्मुस सुन्तलीले सतप्रतिसत निर्माण गर्छन् । साँच्चिकै समृद्ध नेपाल नेपाल सरकारले बनाएर देखाओस् ।’   
 
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले हाँस्य कलाकारले विकृति विसंगति माथि व्यंग्य मात्र नगरेर दिशानिर्देश गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘धुर्मुस सुन्तलीले समाज परिवर्तनको अभियान थालेका छन् , यो सबैको लागि प्रेरणादायी उदाहरण हो ।’ राष्ट्रपति भण्डारीले धुर्मुस सुन्तलीबाट जनप्रतिनिधिले सिक्नुपर्ने र जनतालाई दिएको वाचा पुरा गर्नुपर्ने बताउनुभयो । 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले समाजिक कामले नै मान्छेलाई मृत्यु पश्चात पनि जीवन्त राख्ने बताउनुभयो । कलाकारद्धयले भन्नुभयो ‘धुर्मुस सुन्तली जस्ता देशलाई समृद्ध बनाउन धेरै धुर्मुस सुन्तली जन्मिनु पर्छ ।’
कार्यक्रममा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थसहित विभिन्न पार्टीका सांसद, नेता, कलाकार, जनप्रतिनिधि, पत्रकारलगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्