सिरहामा विकास पत्रकारिता पुरस्कार स्थापना
Advertise Here Book Now

लहान , माघ २३गते । प्रेस चौतारी नेपालको २० औंँ स्थापना दिवसका अवसरमा सिरहामा विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । 

प्रेस चौतारी नेपाल सिरहाद्वारा सोमबार साँझ लहानमा आयोजित स्थापना दिवस तथा जनप्रतिनिधिको सम्मान कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य दिलीप सिंहले ब्यक्तिगत रुपमा रु पाँच हजारको विकास पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् । प्रत्येक वर्ष प्रेस चौतारीको स्थापना दिवसका अवसरमा विकास पत्रकारिता गर्ने जिल्लाका एक पत्रकारलाई सो पुरस्कार दिइनेछ । 
सिरहामा पहिलो पटक पत्रकारिता पुरस्कार स्थापना भएको हो ।
प्रेस चौतारीका अध्यक्ष रामभरोसी महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य लगनलाल चौधरी र अशोककुमार यादवलाई सम्मान गरिएको थियो । यस्तै लहान नगरपालिकाका नगर प्रमुख मुनि साह, सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव, सिरहा नगरपालिकाका नगर उपप्रमुख डा नविता यादव, लहान नगरपालिकाका उपप्रमुख सरियारदेवी चौधरी र सखुवा नन्कारकटी गाउँपालिका उपाध्यक्ष अमलादेवी यादवलाई पनि सम्मान गरियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्