मेयर गोईतले दिए खुल्ला चुनौती,न.पाको बजेट ३५ करोड ४५ लाख
Advertise Here Book Now



 जनकपुरधाम, फाल्गुन १ गते । धनुषाको कमला नगरपालिकाका मेयर राम उदगार गोईतले खुल्ला चुनौति दिएका छन् ।



सोमबार कमला नगरपालिकाको प्रथम ऐतिहासिक बजेट सार्वजनिकीकरण समारोहमा बोल्दै मेयर गोईतले आफूलाई पक्षविपक्ष गरी विकासको नीति ल्याउने भनेर आरोप लगाउने मुखमा जोडदार थप्पड हानेका छन् ।



नेपाली काँग्रेसबाट मेयरमा निर्वाचित गोईतले आफू समग्र नगर विकासको लागि कुनै पनि विकास योजनामा भेदभाव वा योजना पारितमा कुनै प्रकारको ढिलाई गरेको भए प्रमाणित गरी देखाउन खुल्ला चुनौति दिएका हुन् ।



बजेट सार्वजनीकिकरण समारोहमा विभिन्न दलका प्रतिनीधिहरुले मेयर गोईत मात्र विकास बाधक रहेको भनेपछि मञ्चबाटै उनले दहाडेका थिए ।



उनले भने, 'मेयर बनेदेखि आजसम्म न एक रुपैया लिएको छु, न एक रुपैयाँ दिएको छु , विकासको लागि विभिन्न योजना सहमति र बहुमतको आधारमा मात्र पारित हुने गरेको छ , हरेक वडाका वडाध्यक्षहरुले विकासकै कार्यमा पनि असहमति र विरोध जनाउँदै आएको छ जसको कारण विकासको अहिलेसम्म कुनै पनि कार्य पूर्णता पाउन नसकेको हो ।'



परिषद् पूर्व नगर विकासको लागि पारित गरिएको विभिन्न योजना सहित प्रस्तावित योजनाहरुमा समेत केही वडाध्यक्षहरुले निरन्तर असहमति र विरोध जनाउनु आफनो कर्तव्य ठान्छन मेयर गोईतले थपे ।



'नगरको समृद्धिको लागि आफू हरवखत तत्पर रहेको बताउँदै उनले परिषद् पनि रोक्नको लागि प्रत्यक्ष र अप्रत्यक्ष शक्तिहरु बाधक बनेको भएपनि सबैको सहयोगले आज परिषद् समेत सम्पन्न गर्न सफल भयौँ' उनले भने ।



नगर भित्र रहेको सडक सँरचना र सडक विस्तार तथा सौन्दर्यीकरणको लागि बजेट पारित भएपनि केही वडाध्यक्षहरुले व्यक्तिगत कारणले विस्तार हुन दिइनरहेको उनले भने ।
सबैले मेयर नै विकास विरोधी र भेदभाव तथा पार्टीगत रुपमा नगरपालिका सँचालन गर्न लागेको केही वक्ताहरुले आरोप लगाएपछि उनले प्रमाणित गरी देखाउन खुल्ला मञ्चमै आउन समेत चुनौति दिए ।


मेयर गोईतकै अध्यक्षता तथा प्रदेश नं. २ धनुषाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य उमा शँकर अडगरियाको प्रमुख आतिथ्यमा सम्पन्न बजेट सार्वजनीकिरण समारोहमा मेयरले दहाडेपछि सबैको आँखा खुलेको खुलै रहेको थियो ।


विभिन्न समयमा मेयर नै गैर जिम्मेवार भनिरहेको बेला मेयरले आफनो व्यथा र सत्यता सुनाएपछि आम नागरिक विकास विरोधी तत्वहरुलाई पहिचान गर्न पाएको कार्यक्रममा सहभागी एक आम जनताले नाम नखोल्ने शर्तमा बताए ।



आफूहरुलाई त मेयर नेपाली काँग्रेसबाट हो भनेर बजेट खान खोजेको भनेर कानेखुसी गरेका थिए तर सत्यता आज बल्ल जनताको समुख आयो, विकास विरोधी र व्यक्तिगत स्वार्थका लागि, नामका लागि परिचालित व्यक्तिहरुलाई समेत हामी चिन्न पायौँ । सहभागी आम जनताहरु भने ।



कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अडगरियाले विकासको नाममा कसैले हस्तक्षेप नगर्न आग्रह गरे । यसका साथै कमला नगरपालिकाको सर्वागिँन विकासको लागि आफूबाट हुन सक्ने सहयोगको प्रतिवद्धता समेत जनाउँदै हरेक गतिविधिलाई पार्टीको दृष्टिकोणबाट नहेर्न आग्रस समेत गरे ।



नगरपालिकामा कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन सहित बजेटमा समावेश हुनुपर्ने अन्य योजनाहरु समेत दाखिला गर्न नभ्याएको भन्दै परिषद्पछि पनि विभिन्न योजनाहरु समावेश गर्ने मेयर गाईतले भने ।



मेयर गोइत मञ्चबाटै सत्यतथ्य सार्वजनिक रुपमा भनेपछि केहीले मञ्च छाडन बाध्य समेत भएका थिए ।


नगरपालिकाको लागि आर्थिक वर्ष २०७५ /७५ को लागि रकम विनियोजन गरिएको हो ।


समारोहमा मुलुककै कान्छो मेयर भनेर चिनिने शहिद नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव, विदेह नगरपालिकाका मेयर बेचन दास, जनकनन्दी गाउँपालिकाका प्रमुख अब्दुल बारिक शेख लगायत उपमेयर शिला देवी झा, नगरपालिकाका कर्मचारी, युवा, महिला तथा विभिन्न राजनीतिक दलका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।साभार :न्यूज ब्युरो

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्