धनुषाको धनौजी गाउंपालिकाले रु १९ करोड ४६ लाख २५ हजारको बजेट सार्वजनिक
Advertise Here Book Now

धनुषाको धनौजी गाउंपालिकाले रु १९ करोड ४६ लाख २५ हजारको बजेट सार्वजनिक

गरेको छ । गाउंपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि उक्त रकम बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । चालू खर्च रु ८ करोड ४७ लाख ७१ हजार, पूँजीगत खर्च रु १० करोड ९८ लाख ५४ हजार बजेट रहेको छ । सोमवार गाउंपालिकाको धनौजीमा आयोजित बजेट सार्वजनिक कार्यक्रममा गाउंपालिकाका अध्यक्ष बद्रीनारायण सिंहले उतm बजेट सार्वजनिक गरेको हो । नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दैे सिंहले देशमा राजनीतिक स्थिरता कायम हुँदै गएकाले अब विकास गर्नका लागि प्रत्येक स्थानीय तहले योजना बनाउनुपर्नेे बताएका छन । उनले भने – “हामी जनताको मतबाट विजयी भएर आएको प्रतिनिधि हौं , जनताको चाहना र भावनालाई प्राथमिकतामा राखेर काम गर्छु । उनले गाउंपालिकाको विकासका लागि गुरुयोजना तयार गरेर अगाडि बढेमात्र विकास हुुने भन्दै गाउंपालिका विकासकोे गुरुयोजना बनाउने प्रतिवद्धता व्यतm गरे । कार्यक्रममा सहभागीहरुले गाउंपालिकाका लागि छुट्याएको बजेट सही ठाउँमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन । नीति तथा कार्यक्रममा वातावरणमैत्री गाउंपालिका निर्माण, फोहरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडान लगायत कार्यलाई उच्च प्राथमिकता दिइएको छ । यस्तै सुशासन कायम, पार्क व्यवस्थापन, महिला विद्यालय, ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन सहितका कार्यलाई जोड दिईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्