मिर्चैयाः निःशुल्क आयुर्वेद शिविर सम्पन्न
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १५ वैशाख । मिर्चैयामा एक दिने नि : शुल्क आयुर्वेद स्वास्थ्य शिवर सम्पन्न भएको छ । मिर्चैया नगरपालिका सहयोग तथा आयुर्वेद औषधालय मिर्चैयाको तत्वाधानमा मिर्चैया नगरपालिका बडा नं. ५ मा आज (शनिवार) एक दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पेट, पिसाब, हात, खुट्टा, जोर्नी, मानसिक, छाला, घातु, वात, महिला र बालबालिकाका नयाँ तथा पुरानो रोगहरुको जाँच गरी निःशुल्क औषधि दिईएको आयोजकले जनाए । 
आयुर्वेद चिकित्सक डा. रविन्द्र कुमार यादबको नेतृत्बमा आएको टोलीले ४ सय ४२ जना बिरामीहरुलाई जाँच गरि निः शुल्क औषधी बितरण गरिएको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख तथा कार्यक्रम संयोजक राकेश कुमार यादबले जानकारी दिए । 
जिल्ला आयुर्वेद सिरहाका प्रमुख नागेन्द्र पटेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादब को उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा नगरपालिकाका उपमेयर जिबछी देबी साह, प्रशसकिय अधिकृत राजेन्द्र पौडेल, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, मिर्चैया पशु कार्यालयका प्रमुख नागेश्वर हाथी, कृषि कार्यालय मिर्चैयाका प्रमुख हरिशचन्द्र पंडित, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्रचार्य, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक दल बहादुर श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो 
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्