सिरहाको सखुवानन्कारकट्टीमा श्रीमानद्धारा श्रीमतिमाथि धारिलो हतियार प्रहार
Advertise Here Book Now

बैशाख १५ । सिरहाको सखुवानन्कारकट्टी गाउपालिका ४ मा आज दिउँसो श्रीमानले श्रीमतिमाथि धारिलो हतियार प्रहार गरेको छ । सखुवानन्कारकट्टी गाउपालिका वडा नम्वर ४ स्थित सखुवा सिमरा निवासी वर्ष ५५ का रामप्रसाद साहले आफनै कान्छि श्रीमति वर्ष २७ की आशा साहमाथि धारिलो हतियार प्रहार गरेको हो । धारिलो हतियार प्रहार गर्ने रामप्रसाद भन्ने फरार रहेको लहान प्रहरीले जनाएको छ ।  धारिलो हतियार प्रहारबाट आशाको टाउकोमा गहिरो काटिएको, मुखमा चोट लागेको अचेत अवस्थामा छिमेकीले देखेपछि प्रहरीले खवर गरेपछि महेशवारीबाट प्रहरी नायव निरीक्षक राजु ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो । घाइते आशाको अहिले लहान स्थित राममकुमार उमाप्रसाद स्मारक अस्तालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिनुभयो । धारिलो हतियार प्रहार गर्ने रामप्रसादको खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । यो पनी पढनुस 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्