सप्तरीवासी अब गुह खानबाट रोकियो, स्वच्छता अभियानको आधार तयार
Advertise Here Book Now

नवसंग्राम दैनिक दिनेश्वर गुप्ता लहान । प्रदेश २ मा सिरहापछि सप्तरीवासीलाई खुला रुपमा गुह खानबाट रोकिन चैत्त २१ गते ‘खुला दिशामुक्त एवं खोप शुनिश्चित जिल्ला सप्तरी घोषणा’ गरिएको छ ।घोषणासभालाई उद्घाटन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रकुमार सोनलले सरसफाईको क्षेत्रमा मधेश अघि बढिरहेको छ, तर यसलाई अगामीदिन सम्म कायम राख्न पूर्ण सरसफाई अभियान चलाउंनुपर्ने बताउंनुभयो । जिल्ला समन्वय समिति सप्तरी तथा डिबाससीसीका अध्यक्ष प्रभाकर यादवका सभाध्यक्षतामा भएको सो घोषणासभामा एसएनभीकी नेपाल प्रमुख नदीरा ख्वाजाकी, युनिसेफकी प्रतिनिधि डा.रौनक खान, युएन हेबिटयाटकी सुधा श्रेष्ठ, आरवाससीसीका प्रतिनिधिहरुले सरसफाईको क्षेत्रमा नेपालले ठुलो फड्को मारेको छ, यसमा पनि प्रदेश २ मा सिरहा र सप्तरीले पूर्ण खुला दिशामुक्त अभियानको लागि जुन ढोका खोलिएको छ, यो घोषणाले स्वच्छ समाजको आधार तयार गरेको बताएका छन् ।
क्षेत्रीय खानेपानी सरसफाइ सरसफाइ तथा स्वच्छता समन्वय समितिले चैत १२ र १३ गते अनुगमन गरी खुला दिसामुक्त घोषणाका लागि सप्तरी जिल्ला योग्य भएको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको १५ चैतको निर्णय अनुसार खुला दिसामुक्त घोषणा गरिएको सदस्य–सचिव लोकेन्द्र यादवले बताएका छन् ।सप्तरीलाई सन् २०१६ भित्रै खुला दिसामुक्त घोषणा गर्ने योजना थियो । तर, शौचालय निर्माण तथा प्रयोगमा अपेक्षित सुधार नआएकै कारण पटक–पटक मिति सार्दै बुधबार औैपचारिकता पूरा गरिएको हो । सप्तरीका कुल १ लाख १९ हजार ६ सय ८२ घरधुरीमा चर्पी रहेको दावी गरिएको छ । अभियानमा कुल ९ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्